Logo

पेट्रोलियम पदार्थको मूल्य घट्यो, स्वदेशी मुद्रा बलियो हुँदा तेलको मूल्य समायोजन

पेट्रोलियम पदार्थको मूल्य घट्यो, स्वदेशी मुद्रा बलियो हुँदा तेलको मूल्य समायोजन



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले सोमबार एक पत्र जारी गर्दै पहिले रहेको मूल्यमा २ रुपैयाँले समायोजन गरेको जानकारी दिएको हो ।

निगमले काठमाडौंको थानकोट डिपोको १५ किलोमिटर भित्रको क्षेत्रमा लागु हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको हो । निगमले यसभन्दा पहिले पेट्रोलको मूल्य १ सय ४ रुपैयाँ प्रतिलिटर रहेकोमा उक्त मूल्यलाई घटाएर १ सय १२ रुपैयाँ पुर्याएको छ ।

साथै डिजेल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ रहेकोमा यसको मूल्यमा पनि समायोजन गर्दै ९९ रुपैयाँमा विक्री वितरण गर्ने भएको छ । यस्तै अन्य क्षेत्रमा भने पहिले रहेको पेट्रोलको १ सय ११ रुपैयाँ मूल्य दरलाई घटाएर १ सय १० रुपैयाँ र डिजेल, पेट्रोलको मूल्य ९८ रुपैयाँबाट ९७ रुपैयाँ पुर्याईएको छ ।

अन्तरराष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आउनु तथा अमेरिकी डलरसँग नेपाली रुपैयाँ केहि मात्रामा बलियो भएपछि तेलको मूल्य घटेको निगमले जानकारी दिएको छ । निगमले हवाई तथा एलपिजे ग्याँसको मूल्य भने यथावत राखेको छ ।

यस्तै निगमले कच्चा तेलको मूल्य अत्यन्त अस्थिर भएकाले सोहि अनुसार तेलको मूल्यमा समायोजन गर्दै गर्ने जानकारी दिएको छ ।
निगमले गएको एक महिनामै निगमले २ अर्ब भन्दा बढी घाटा व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL