Logo

५० प्रतिशत उद्योगमात्र संचालनमा, जिडिपीमा उद्योगको योगदान घट्यो

५० प्रतिशत उद्योगमात्र संचालनमा, जिडिपीमा उद्योगको योगदान घट्यो



काठमाडौं । नेपालमा संचालनमा रहेका करिव ५० प्रतिशतभन्दा बढी उद्योगहरु पुर्ण क्षमतामा संचालनमा आउन सकेका छैनन । नेपालमा उद्योग सम्बन्धी नीतिनियम तथा कानुनको कार्यान्वयन तथा उचित मुल्यांकन हुन नसक्दा उद्योगहरु पुर्ण रुपमा संचालनमा आउन नसकेको हो ।

उद्योग दिवसको अवसरमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा उद्योग क्षेत्रका विद्यमान चुनौती र समाधानका उपायहरुको कार्यपत्र प्रश्तुत गर्दै नेपाल उद्योग वाणिज्य महासंघले उद्योगक्षेत्रबाट देशको कुल ग्राहस्थ उत्पादनमा हुने योगदान घट्दै गएको जानकारी दिएको छ ।

महासंघले सन २००५/०६ मा जिडीपीमा उद्योग क्षेत्रबाट १० प्रतिशतभन्दा बढी योगदान रहेकोमा हाल उक्त योगदान घटेर ५ दशमलव ४ प्रतिशतमा समिति भएको तथ्याङ्कले देखाएको छ । यस्तै सन २०००/०१ मा कुल ग्राहस्थ उत्पादनमा राजस्वको योगदान ११ दशमलव १ प्रतिशत रहेकोमा सन २०१७/२०१८ मा राजस्वको योगदान २४ दशमलव ७ प्रतिशत हुनुको मुख्य आधार आयात अत्याधिक बढ्नु रहेको हो । जसले मुलुकभित्र उत्पादन वृद्धि गरी राजस्व बढाउन सकेको छैन ।

साथै नेपाल डुइङ विजनेस र्याङ्किङमा पनि १ सय १० औं स्थानमा रहेको छ जसले नेपालमा नयाँ उद्योग स्थापना गर्नका लागि उचित वातावरण तथा नीतिनियम नरहेको देखाएको छ । लगानीको वातावरणमा पनि प्रतिकुल असर परेको देखिन्छ । यस्तै नेपाल विश्व आर्थिक मञ्चको ‘ग्लोवल कम्पिटिटिभनेस रिपोर्ट’ मा पुर्वाधार विकासमा विश्वका १ सय ३७ राष्ट्रमध्ये १ सय १९ औं स्थानमा परेको छ जसले नेपालको राष्ट्रिय उत्पादनको वृद्धि र पहुँच ज्यादै कमजार रहेको देखिन्छ ।

यस्तै नेपालमा वैदेशिक लगानीको अंश ज्यादै न्युन रहेको छ । जलविद्युत, सिमेन्ट तथा होटल क्षेत्रमा विदेशी लागनी बढेपचि कुल ग्राहस्थ उत्पादनमा यसको अंश १ प्रतिशत भन्दा तल रहेको छ । चालु आवमा विद्युत माग र आपूर्तीबीच करिब ३ सय ५५ दशमलव १ मेगावाट कमि रहेको छ । सो ग्यापलाई अहिलेको व्यवस्थाले केही हदसम्म मात्र समाधान गरेको छ ।

कार्यपत्र प्रस्तुत गर्दै उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले अघिल्लो आव सम्ममा नेपालमा ३ लाख ४५ हजार ३ सय ९३ उद्योगहरु दर्ता भएकोमा सबैभन्दा धेरै उत्पादनमुलक र सेवामुलक क्षेत्रमा रहेको बताएका छन । उनले उत्पादनमुलक क्षेत्रमा १ लाख २४ हजार ३ सय १६ तथा सेवा क्षेत्रमा १ लाख २४ हजार ९७ ओटा उद्योग दर्ता भएका बताएका हुन ।

ती उद्योगबाट २० खर्ब ३३ अर्ब लगानीको प्रतिवद्धता आएको छ । नेपालमा दर्ता भएका उद्योगको लगानीको सबैभन्दा ठुलो हिस्सा उर्जामुलक क्षेत्रले ओगटेको छ जसले कुल लगानीको ५५ प्रतिशत ओगटेको देखिन्छ । यस्तै अघिल्लो आवमा कुल विदेशी लगानी २ खर्ब ६८ अर्ब रहेको थियो र सबै स्वदेशी तथा विदेशी लगानीमार्फत ३१ लाख ६१ हजार ४ सय १६ जनाका लागि रोजगारी सिर्जना गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL