Logo

सर्वियापछि काजाखस्तानमा वाइवाइले खोल्यो नयाँ प्लान्ट, १ अर्ब ७० करोड लगानी

सर्वियापछि काजाखस्तानमा वाइवाइले खोल्यो नयाँ प्लान्ट, १ अर्ब ७० करोड लगानी



काठमाडौं । वाई वाई चाउचाउले काजाखस्तानमा पनि आफ्नो उद्योग स्थापना गरेको छ । चौधरी ग्रूप अन्तरगतको सीजी फूड्सले काजाखस्तानमा वाईवाई चाउचाउ उत्पादनका लागि नयाँ प्लाण्ट स्थापना गरेको हो ।

सीजीले १ अर्र्ब ७० करोड रुपैयाँ अर्थात १५ मिलियन डलरको लगानीमा काजाखस्तानमा वाईवाईको नयाँ उद्योग संचालनमा ल्याएको हो । यससँगै वाईवाईको विश्वभर १८ वटा उद्योग पुगेको छ । जसमध्ये ८ वटा प्लाण्ट भारत केन्द्रित रहेको छ ।

नयाँ वाई वाई संयन्त्रले विभिन्न शहरहरूमा र मध्य एशियाका देशहरूमा नूडल्स उपलब्ध गराउन सहयोग गर्ने सीजी फूड्सका प्रबन्धक निर्देशक निर्वाण चौधरीले बताए । ‘हामी मध्य एशियाको बजारमा सधै नविनतम स्वाद दिन चाहन्छौं,’ उनले भने, ‘त्यसको लागि वाई वाई सधैं नयाँ हुनेछ ।’

सीजी फूड्सले सर्बियामा पनि २०१७ मा युरोपेली बजारलाई लक्षित गरी वाई वाई प्लान स्थापना गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL