Logo

जोशी हाइड्रो पावरले १४ करोड बराबरको आईपिओ बिक्री गर्दै, मंसिर १९ सम्म आवेदन दिन सकिने

जोशी हाइड्रो पावरले १४ करोड बराबरको आईपिओ बिक्री गर्दै, मंसिर १९ सम्म आवेदन दिन सकिने


रासस
0
Shares

काठमाडौं । जोशी हाइड्रो पावर कम्पनीले १४ करोड ४८ लाख ४६ हजार रुपैयाँ बराबरको साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले यही मङ्सिर १६ गतेदेखि साधारण शेयर बिक्रीको तयारी गरेको हो । कम्पनीको शेयर छिटोमा मङ्सिर १९ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म रहेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई गत कात्तिक १८ गते साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका लागि कम्पनीले ३ लाख ७१ हजार ४ सय कित्ता अर्थात् ३ करोड ७१ लाख ४० हजार बराबरको शेयर छुट्याएको थियो । त्यसमा प्रति शेयर १ सय अंकित दरको १ लाख २९ हजार ३ सय ९० कित्ता मात्रै आवेदन परेको थियो ।

स्थानीयबासीले आवेदन नगरेको शेयर समेत आम सर्वसाधारणलाई बिक्री गरिनेछ । कम्पनीले इलाममा ३ मेगावाट क्षमताको माथिल्लो पिलुवा १ जलविद्युत् आयोजना सञ्चालनमा ल्याएको छ ।

आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रुपैयाँ रहेको छ । यस आधारमा प्रतिमेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

आयोजनाले विद्युत विकास विभागबाट २०७० साल जेठ १२ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो । त्यसआधारमा सो आयोजनाको स्वामित्व ३१ वर्ष कम्पनीको नाममा रहनेछ ।

आयोजनाको सर्व साधारणमा लगानी फिर्ता हुने अवधि ११ वर्ष रहेको छ । आर्थिक अवस्थाको विश्लेषण गर्ने इक्रा नेपालकाअनुसार कम्पनीको अवस्था कमजोर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL