Logo

गौमतबुद्ध विमानस्थललाई बाधक बन्यो अर्घाखाँची सिमेन्ट, उद्योगको ‘प्रि–हिटर’ हटाउन पत्राचार

गौमतबुद्ध विमानस्थललाई बाधक बन्यो अर्घाखाँची सिमेन्ट, उद्योगको ‘प्रि–हिटर’ हटाउन पत्राचार



काठमाडौं । भैरहवामा निर्माणाधिन गौतमबुद्ध क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले अर्घाखाँची सिमेन्टलाई उद्योगको उचाई घटाउन पत्राचार गरेको छ । अर्घाखाँची सिमेन्टको उद्योगको उचाईका कारण भैरहवा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा हवाई जहाज उडान तथा ल्याण्डिङमा समस्या पर्ने भएपछि उक्त उद्योगको प्रि–हिटर घटाउन पत्राचार गरिएको हो ।

उक्त सिमेन्ट उद्योगको प्रि हिटरका कारण गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको हवाई रुटमा समस्या पर्ने भएपछि त्यसलाई हटाउन वा उचाई घटाउनका लागि पत्राचार गरिएको विमानस्थलका अधिकारीले जनाएका छन् । उक्त उद्योगले विमानस्थलाई पार्ने असरका विषयमा पछिल्लो समय पनि सर्वेक्षण पनि विमानस्थलले गरिरहेको छ ।

विमानस्थलको रनवेबाट ५ किलोमिटर वरपर ४५ मिटरभन्दा अग्ला संरचना हुन नहुने व्यवस्था भएपनि अर्घाखाँची सिमेन्टको प्रि हिटर सोभन्दा अग्लो भएकाले विमानस्थलको ‘अफ्स्ट्रयाकल लिमिटेशन सर्फेस’ मा समस्या पर्ने देखिएको विमानस्थलका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । ‘सो उद्योगले विमानस्थलाई पार्ने समस्याको विषयमा अझै पनि छलफल भइरहेको छ,’ उनले भने, ‘अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गको वरीपरी ४५ मिटरभन्दा अग्ला कुनै पनि संरचना बनाउन पाईदैन ।’

विमानस्थलको सुरक्षा नै खतरामा पर्ने हुनाले अर्घाखाँची सिमेन्टको प्रि हिटर सम्भव भए घटाउन अन्यथा हटाउन लागिएको समेत अधिकारीले जानकारी दिए । ‘पहिलो चरणमा सर्वेक्षणमा सिमेन्ट उद्योगको प्रि हिटरले विमानस्थललाई समस्या पार्ने देखिएको छ,’ उनले भने, ‘अझै पनि हवाईजहाजको रुट तथा उद्योगले पार्ने असरका विषयमा विस्तृत अध्ययन भइरहेको छ ।’ अन्तरराष्ट्रिय विमानस्थालको वा पूर्व पश्चिम रनवेको ५ किलोमिटर वरपर ४५ मिटरभन्दा अग्ला संरचना राख्न नपाईने उनको भनाई थियो ।

उद्योगले विमानस्थलाई पर्ने असरका बारेमा पछिल्लो समय विमानस्थलका कर्मचारीले अध्ययन तथा सोधपुछ गरिरहेको अर्घाखाँची सिमेन्टका महाप्रबन्धक उद्धव कार्कीले जानकारी दिए । ‘विमानस्थलका प्रतिनिधि आएर सिमेन्ट उद्योगको वारेमा सोधपुछ तथा अध्ययन अनुसन्धान गरिहेका छन्,’ उनले भने, ‘तर अहिलेसम्म प्रि हिटर हटाउनको लागि विमानस्थलबाट पत्राचार भने आएको छैन ।’

विमानस्थलका अनुसार धावनमार्गको ५ किलोमिटर वरपर ४५ मिटरभन्दा अग्लो संरचना राख्न पाईदैन । तर, कार्कीका अनुसार उक्त सिमेन्ट उद्योगको प्रि हिटरको उचाई १ सय मिटरभन्दा बढी रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL