Logo

देशभरका सबै कपडा उद्योग आज देखी बन्द, भ्याट फिर्ताको प्रावधान हटाउन माग

देशभरका सबै कपडा उद्योग आज देखी बन्द, भ्याट फिर्ताको प्रावधान हटाउन माग



काठमाडौं । नेपालका २ सय ५० ओटा कपडा उद्योगहरु आजबाट बन्द भएका छन । नेपाल कपडा उद्योग संघले शनिबार सरकारलाई खबरदारी स्वरुप एक पत्रकार सम्मेलनको आयोजना गर्दै उद्योगहरु बन्द गरिएको घोषणा गरेको हो ।

संघले सरकारले चालु आर्थिक बर्षको बजेट र ऐनमार्फत भ्याट फिर्ता तथा समायोजनको प्रावधान एकमुष्ट रुपमा हटाएकाले यसले पार्ने असरको बारेमा सरकारलाई जानकारी दिने हिसावले सावधानीको लागि उद्योगहरु बन्द गरिएको जानकारी दिएको छ ।

उक्त नितिको पूर्वतयारी नगरिए नेपालका कुनै पनि कपडा उद्योगहरु संचालन गर्नका लागि धौधौ हुने संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले जानकारी दिएका छन । ‘हामी लगातार ७ दिनसम्म उद्योगहरु बन्द गर्छौ, यसबीचमा सरकारले बोलाएमा वार्तामा जान पनि तयार छौ,।’ उनले भने । ‘यति गर्दासम्म पनि सरकारले हाम्रो कुराको सुनुवाई गरेन भने हामी कडा रुपमा अर्काे रणनिति तयार पार्न बाध्य हुनेछौ ।’ यस्तै उनले रुग्ण स्थितिमा रहेका कपडा उद्योगहरु बचाउनलाई यस्तो कदम चालेको पनि बताएका छन ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य संघ प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठले नेपालमा सरकारले यस किसिमको कदमले कपडा उद्योगहरु धरासायी भएको बताए । उनले अहिलेको अवस्थामा कपडा उद्योग सरकारले चलाएर देखाए आफुहरु कामदारको रुपमा बस्ने उनको भनाई थियो ।

यस्तै कार्यक्रममा नेपाल धागो उत्पादक संघका अुध्यक्ष पवन गल्यानले धागो उद्योग तथा कपडा उद्योगको सम्बन्ध नङ र मासुको जस्तै रहेको बताउँदै यसको जगेर्ना गर्न सरकारले यसको चोरी पैठारीमा सचेत हुनुपर्ने बताएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL