Logo

नेपाल चेम्बर अफ कमर्स र लाओस चेम्बर अफ कमर्सबीच सम्झौता, व्यापारिक सम्बन्ध मजबुत हुने अपेक्षा

नेपाल चेम्बर अफ कमर्स र लाओस चेम्बर अफ कमर्सबीच सम्झौता, व्यापारिक सम्बन्ध मजबुत हुने अपेक्षा



काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र लाओसको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, लुयांग प्रबांग प्रोभिन्स बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुईपक्षीय व्यापारिक सम्बन्धलाई थप मजबुत तुल्याउन उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
लाओसको पुरानो राजधानी समेत रहेको उक्त प्रदेशमा आयोजित एक कार्यक्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, लुयांग प्रबांग प्रोभिन्सको तर्फबाट अध्यक्ष बोउनथिएंग सोउलिभंह ले हस्ताक्षर गरेको उक्त समझदारीले नेपालको कृषि र पर्यटनको प्रबर्दनमा टेवा पुग्ने विश्वास गरिएको नेपाल चेम्बर अफ कमर्सले जानकारी दिएको छ ।

झन्डै ८५ प्रतिशत बौद्द धर्मालम्बीहरु रहने उक्त शहरमा हरेक बर्ष ७ लाख प्रयटक भित्रिने र सो प्रदेशमा स्थापित चेम्बरसंगको नेपाल चेम्बर अफ कमर्सको सम्बन्धले नेपालको पर्यटनमा पनि योगदान पुग्ने कुरा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले जानकारी दिएका छन ।

समझदारीले लाओसमा नेपाली हस्तकलाको निर्यात, नेपाली र लाओसका साना तथा मझौला उद्योगबिचको सम्बन्ध र कृषिमा सहकार्यको सम्भावनाको ढोका खुल्दै जाने विश्वास समेत व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL