Logo

३ महिनामा ७५ अर्बका ३ सय उद्योग दर्ता, बैदेशिक लगानी दोब्बरले बढ्दा स्वदेशी घट्यो

३ महिनामा ७५ अर्बका ३ सय उद्योग दर्ता, बैदेशिक लगानी दोब्बरले बढ्दा स्वदेशी घट्यो



काठमाडौं । पछिल्लो समय उद्योग व्यवसाय दर्ता हुने क्रम बढेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको ३ महिनामा करिव ७५ अर्बका उद्योग दर्ता भएका छन् ।

सो अबधिमा ३ सय ओटा उद्योग दर्ता भएका छन । उद्योग विभागको हालसालैको तथ्याङक अनुसार साउन १ गतेदेखि असोज ३१ गतेसम्म ७४ अर्ब ७२ करोड ९० लाख रुपैयाँ बराबरका ३ सय उद्योेग दर्ता भएका हुन । विभागका अनुसार नयाँ आर्थिक बर्षको सुरुवातसँगै नेपालमा विदेशी लगानीकर्ताहरुले पनि उल्लेख्य रुपमा बैदेशिक लगानी भित्र्याएका छन ।

तथ्याङ्क अनुसार गत आर्थिक बर्षको पहिलो ३ महिनाको तुलनामा चालू आबको सोही अबधिमा वैदेशिक लगानी दोब्बरले बढ्न पुगेको छ । गत आबको पहिलो ३ महिनामा १ सय २६ ओटा उद्योगमार्फत ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको बैदेशिक लगानी स्वीकृत भएकोमा चालु आवको सोही अवधिमा ८ अर्व ४३ करोड रुपैयाँ बराबरका वैदेशिक लगानीका उद्योग दर्ता भएका छन् ।

चालु आबको सुरुका ३ महिनामा अर्थात साउन १ गतेदेखि असोज ३१ गतेसम्म ८ अर्ब ४३ करोड रुपैयाँको बैदेशिक लगानी स्वीकृत भएकोमा लगानीकर्ताको आकर्षण भने उत्पादनमुलक क्षेत्रमा बढेको देखिएको छ । बैदेशिक लगानीकर्ताहरुले गएको ३ महिनामा उक्त क्षेत्रका २१ ओटा उद्योगमार्फत ५ अर्ब १२ करोड रुपैयाँ लगानी भित्र्याएका छन ।

यस्तै सो अवधिमा लगानीकर्ताहरुको दोस्रो आकर्षणको रुपमा रहेको कृषि तथा वनजन्य क्षेत्रमा जम्मा १ अर्ब ५० करोड रुपैयाँ बैदेशिक लगानी स्वीकृत भएको छ ।

तथ्याङ्क अनुसार चालू आबमा स्वदेशी लगानीका उद्योग दर्ता हुने क्रम घटेको छ । गत आबको पहिलो ३ महनिामा ७३ अर्ब ६७ करोड रुपैयाँका १ सय ३९ स्वदेशी उद्योग दर्ता भएकोमा चालू आबमा भने जम्मा ६७ अर्ब ६१ करोड रुपैयाँका १ सय ७४ ओटा उद्योग मात्र दर्ता भएका छन ।

विभागका अनुसार गत आवको पहिलो ३ महिनामा उर्जामुलक ११ ओटा उद्योगमार्फत ३९ अर्ब १२ करोड रुपैयाँ लगानी स्वीकृत भएको थियो । त्यस्तै चालु आवमा भने सोहि क्षेत्रका ६ ओटा उद्योगमार्फत ४७ अर्ब ५६ करोड रुपैयाँ स्वीकृत भएको छ । विभागका अनुसार गत आव भन्दा चालु आवमा उर्जामा लगानी गर्नका लागि स्वदेशि लगानीकर्ताहरु बढी केन्द्रित भएका छन ।
गत आवको तुलनामा संख्यात्मक रुपमा उर्जामुलक क्षेत्रका उद्योगहरु चालु आवमा ५ ओटाले कम भएपनि लगानी भने गत आवको भन्दा चालु आवको ३ महिनामा ८ अर्ब रुपैयाँ बढीका उद्योग दर्ता भएका छन ।

गत आवमा उर्जामुलक क्षेत्रका साना तर धेरै उद्योगहरु दर्ता भएकाले लागत कम भएको र चालु आवमा यस क्षेत्रका धेरै लागतका कम उद्योग दर्ता भएकाले पोहोरको तुलनामा संख्यात्मक रुपमा पछि भएपनि लागतको हिसावमा चालु आवमा लगानी धेरै भएको विभागका प्रवक्ता जिवन सेढाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL