Logo

घोराही सिमेन्ट उद्योगमा धुलो मापन यन्त्र जडान, मंसिरमा रिपोर्ट सार्वजनिक गर्ने

घोराही सिमेन्ट उद्योगमा धुलो मापन यन्त्र जडान, मंसिरमा रिपोर्ट सार्वजनिक गर्ने


रासस
0
Shares

काठमाडौं । दाङस्थित घोराही सिमेन्ट उद्योगले धुलो मापन यन्त्र जडान गरेको छ । सो उद्योगले अत्यधिक धुलो उडाएको भनी उजुरी परेपछि वातावरण विभागबाट प्रदूषण जाँचका लागि प्राविधिक टोली आई धुलो मापन यन्त्र जडान गरेको हो ।

स्थानीयवासीले मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा उजुरी दिएका थिए । सो आयोगले वन तथा वातावरण मन्त्रालयमा पत्र पठाएलगत्तै मन्त्रालयले प्राविधिक टोली धुलो मापन यन्त्र जडान गर्न पठाएको थियो ।

प्राविधिक टोलीले उद्योगबाट निस्केको धुलोको मापन थालेको विभागका वातावरण निरीक्षक राजेश्वर पौडेलले जानकारी दिनुभयो । सो टोलीले प्रदेश सरकार, घोराही उपमहानगरपालिका र धुलो प्रभावित क्षेत्रका नागरिकसँग सहकार्य र समन्वय गरी धुलो सङ्कलनका लागि उपकरण जडान गरेको हो ।

“प्रदूषण भए÷नभएको जाँच गर्न नमूना सङ्कलन गरी मङ्सिर पहिलो साता भित्र रिपोर्ट सार्वजनिक गरिनेछ,” वातावरण निरीक्षक पौडेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
MBL