Logo

रुपन्देहीमा रसायनिक मल कारखाना स्थापना, प्राकृतिक ग्याँसका लागि सर्वेक्षण गरिने

रुपन्देहीमा रसायनिक मल कारखाना स्थापना, प्राकृतिक ग्याँसका लागि सर्वेक्षण गरिने


रासस
0
Shares

काठमाडौं । रुपन्देहीमा रासायनिक मल कारखाना स्थापना गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच भएको छलफलमा उक्त सहमती भएको मन्त्री यादवले जानकारी दिए । भारतीय पक्षसँग प्राकृतिक ग्यास प्रवाहका लागि सर्वेक्षण अध्ययन गरिने विषयमा समेत छलफल भएको उनको भनाई थियो ।

यसैगरी भारतीय वाणिज्य मन्त्री प्रधानले मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको काम दू्रतगतिमा भइरहेकामा नेपाल र भारतका अधिकारीले त्यसमा सन्तोष व्यक्त गरेका छन । साथै सो परियोजना सम्पन्न गर्न नेपाल सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका छन ।

उनले भारतले मुजफ्फपुर–मोतिहारी–गोरखपुर प्राकृतिक ग्यासको पाइपलाइन बिछ्याइएको र नेपाललाई त्यसबाट कसरी फाइदा पु¥याउन सकिन्छ भन्ने सन्दर्भमा पनि आफूहरूबीच विचार विमर्श भएको जानकारी दिए ।
मन्त्री प्रधानले नेपालमा मल कारखाना स्थापना गर्न भारतका केही कारखानाको निरीक्षणका निम्ति नेपालका उद्योग वाणिज्य तथा आपूर्ति र कृषिमन्त्रीलाई भारत भ्रमण गर्न आमन्त्रण पनि गरेका हुन ।

सौहार्दपूर्ण वातावरणमा भएको उक्त बैठकमा दुवै देशका वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालयका साथै नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनका उच्च अधिकारी सहभागी थिए । नेपाल र भारतबीच २०७२ साल भदौ ७ गते उक्त परियोजना निर्माण गर्न मन्त्रिस्तरीय सम्झौता भएको थियो । त्यसको दुई वर्षपछि नेपाल र भारतका प्रधानमन्त्री क्रमशः केपी शर्मा ओली र नरेन्द्र मोदीले शिलान्यास गरेका थिए ।

काम शुरु भएको ३० महीनाभित्र पाइपलाइनको सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ ६८ दशमलव ९ किलोमिटर लामो उक्त पाइपलाइन निर्माणको काम दू्रतगतिमा भइरहेको छ । परियोजना पूरा भएपछि नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले प्रतिघण्टा १ सय ९१ किलोलिटर इन्धन आयात गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL