Logo

जलविद्युतका लागि नयाँ ईआईए म्यानुअल सार्वजनिक, वातावरणीय प्रभावको पहिचानमा जोड

जलविद्युतका लागि नयाँ ईआईए म्यानुअल सार्वजनिक, वातावरणीय प्रभावको पहिचानमा जोड



काठमाडौं । नेपालमा जलविद्युत उत्पादन मापदण्डका लागि नयाँ म्यानुअल सार्वजनिक गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयले अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) को प्राविधिक सहयोगमा जलविद्युत आयोजनाहरूका लागि नयां वातावरणीय प्रभाव मूल्यांकन (इआईए) म्यानुअल सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार म्यानुअलले विद्यमान नियमनकारी र समीक्षा प्रक्रियालाई व्यवस्थित तुल्याउन सहयोग पुर्याउने छ । साथै यसले जलविद्युत विकासकर्ताहरूलाई कसरी वातावरणीय र सामाजिक प्रणालीमा नकारात्मक प्रभाव कम गर्दै विकासका लाभहरू बढाउन सकिन्छ भन्ने मार्गदर्शन दिनेछ ।

नेपालको बढ्दो ऊर्जा मागलाई पुरा गर्नका लागि थुप्रै जलविद्युत आयोजनाहरू निर्माण गर्नुपर्ने बताउँदै मन्त्रालयले वातावरणीय र सामाजिक जोखिमहरूको न्यूनीकरण तथा व्यवस्थापनका लागि अझ धेरै प्रयास गर्नुपर्ने जानकारी दिएको हो ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले उक्त म्यानुअलले जलविद्युत विकासकर्ता तथा यससंग सम्बन्धित प्रस्तावकहरुलाई वातावरणीय प्रभावहरूको उत्तम पहिचान र व्यवस्थापनका आवश्यकताहरूबारे मार्गनिर्देशन प्रदान गर्ने बताएका छन ।

विस्तृत अभाव विश्लेषण, सरोकारवालाहरूको सहभागिता र अन्तर्राष्ट्रिय उत्तम अभ्यासहरूको समीक्षापछि तयार पारिएको जलविद्युत आयोजनाहरूका लागि वातावरणीय प्रभाव मूल्यांकन म्यानुअलले अन्य विषयहरुसँगै सरोकारवाला समुहको पहिचान र उनीहरूलाई संलग्न गराउनुको महत्व, आधारभुत अध्ययन गर्ने विधि का साथै आयोजनाका असरहरूको उत्तम प्रक्षेपण गर्न सक्षम तुल्याउने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL