Logo

जर्मनीले दियो साढे ७ अर्ब अनुदान, दमौली प्रसारणलाईनलाई थप १५ मिलियन युरो सहयोग

जर्मनीले दियो साढे ७ अर्ब अनुदान, दमौली प्रसारणलाईनलाई थप १५ मिलियन युरो सहयोग


रासस
0
Shares

काठमाडौं । जर्मनीले नेपालको सामाजिक, आर्थिक विकासका आयोजना कार्यान्वयन गर्न ७ अर्ब ५० करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

बिहीबार जर्मनीको बर्लिनमा सम्पन्न नेपाल–जर्मनी विकास सहायतासम्बन्धी वार्तामा जर्मनीले आगामी २ वर्षका लागि उक्त रकम अनुदान स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

बर्लिनस्थित नेपाली राजदूतावासका अनुसार जर्मनीले ऊर्जा दक्षता कार्यक्रमअन्तर्गत लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन बनाउन थप १५ मिलियन युरो पनि अनुदानस्वरुप प्रदान गर्ने भएको छ ।

नेपाललाई प्रदान गरिने अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जर्मनी सरकारका केएफडब्लु विकास बैंकका दक्षिण एशिया क्षेत्रीय व्यवस्थापक यासमिन तोवाफिक हस्ताक्षर गरेका छन ।

जर्मनी सरकारले नेपाललाई नवीकरणीय ऊर्जा, स्वास्थ्य, नगर विकास, शान्ति कोष, दिगो आर्थिक विकास तथा भूकम्पपछिको पुनर्निर्माणमा निरन्तर सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL