Logo

अब समुदायगत पेशालाई सम्मानगत पेशामा लगिने, फुटवेयरमा आत्मनिर्भर हुँदै नेपाल

अब समुदायगत पेशालाई सम्मानगत पेशामा लगिने, फुटवेयरमा आत्मनिर्भर हुँदै नेपाल



काठमाडौं । हाल नेपालमा संचालनमा रहेका विभिन्न समुदायगत पेशालाई सम्मानगत पेशामा परिणत गरिने भएको छ । नेपालमा रहेका समुदायगत पेशाहरु जस्तै जुत्ता सिलाउने, माछा मार्ने लगायतका सिपमुलक पेशालाई सम्मानगत पेशाको रुपमा अघि बढाउने कार्यक्रम ल्याउन लागिएको उद्योग वाणीज्य तथा आपुर्ती मन्त्री मातृका यादवले जानकारी दिए ।

नेपाल छालाजुत्ता उत्पादक संघको ८ औँ बार्षिक साधारण सभामा बोल्दै उनले पहिलेदेखि चलिआएको परम्परागत पेशा अब जोकोहीले पनि गर्ने भएकाले यो पेशा विशेष जातजातीको भनी नछुट्याई सबै पेशालाई समान रुपमा लिईने कार्यक्रम ल्याउने उनको भनाई थियो । अबको केही बर्षमा औषधि, सिमेन्ट र फुटवेयर जस्ता बस्तुमा नेपाल आत्मनिर्भर हुने उनको दाबी थियो ।

काार्यक्रममा संघका अध्यक्ष जीबन नेपालीले नेपालका लगभग ६० प्रतिशत जनताले स्वदेशी जुत्ता प्रयोग गर्ने गरेको जानकारी दिएका छन । उनले हाल नेपालमा लगभग ४० वटा यस सम्बन्धीत उद्योगहरु रहेको र उक्त उद्योगहरुमा बनेका जुत्ताहरुमा लगभग ८० प्रतिशत काम हातले र जम्मा २० प्रतिशत काम मात्र मेशिनबाट हुने जानकारी दिए । साथै सरकारी निकायका हरेक कर्मचारीलाई नेपालमा उत्पादित जुत्ता प्रयोग गर्न प्रोत्सान गर्नुपर्ने उनको माथ थियो ।

सरकारी कर्मचारीहरुले नेपाली जुत्ता लगाएमा स्वदेशी जुत्ताको बजार हिस्सा बढ्दै स्वदेशी उद्योगलाई थप प्रोत्साहन हुने उनको भनाई थियो । नेपालमा आवश्यक मेशिन तथा यस सम्बन्धी प्रविधिको कमी हुँदा पनि नेपालका आकर्षक डिजाईन आवश्यक मात्रामा जुत्ता उत्पादन गर्न नसकिएको उनको गुनासो थियो । ठूलो खालका मेशिन तथा प्रविधि कुनै एक कम्पनी या उद्योगले ल्याउन नसकिने बताउँदै सो कार्यका लागि सरकारले नै विशेष पहल चाल्नु पर्ने बताए । साथै त्यस्ता उद्योगका लागि आवश्कय मेशिन आयातमा ब्याज अनुदानका साथै भन्सारमा विशेष छुट गरिदिन आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL