Logo

भारतमा पेट्रोल र डिजेलको मूल्य वृद्धि, यस्तो छ मूल्यसुची

भारतमा पेट्रोल र डिजेलको मूल्य वृद्धि, यस्तो छ मूल्यसुची


रासस
0
Shares

काठमाडौं । भारतमा बिहीबार पेट्रोलियम पदार्थको मूल्यमा सामान्य वृद्धि भएको छ ।

वृद्धि भएको मूल्य अनुसार पेट्रोलको मूल्य प्रति लिटर दिल्लीमा ७८ दशमलव ३० भारतीय रूपैयाँ र मुम्बइमा ८५ दशमलव ७२ भारतीय रूपैयाँमा भारतीय आयल निगमले विक्री गर्न थालेको छ ।

त्यसैगरी डिजेल राष्ट्रिय राजधानी दिल्लीमा ६९ दशमलव ९३ रूपैयाँ र मुम्बइमा ७४ दशमलव २४ रूपैयाँ पुगेको छ ।

पेट्रोलका लागि यसअघिको मूल्य भन्दा दिल्लीमा १२ पैसा र मुम्बइमा १३ पैसा बढी तिर्नु पर्ने भएको समाचारमा जनाइएको छ ।

त्यसैगरी डिजलमा पनि दिल्ली र कोलकत्तामा १४ पैसा र मुम्बई तथा चेन्नईमा १५ पैसा वृद्धि भएको निगमले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL