Logo

कतार एयरवेजले आयोजना गर्याे ‘एजेन्ट अवार्ड नाईट’, ओसो ट्राभलले पायो प्लाटीनम अवार्ड

कतार एयरवेजले आयोजना गर्याे ‘एजेन्ट अवार्ड नाईट’, ओसो ट्राभलले पायो प्लाटीनम अवार्ड



काठमाडौं । कतार एयरवेजले नेपालमा एजेन्ट अवार्ड नाईट आयोजना गरेको छ । कम्पनीले सोमबार काठमाडौंको होटल र्याडिसनमा उक्त अवार्ड नाईट आयोजना गरेको हो ।

कम्पनीले उक्त अवार्ड नाईट कार्यक्रममा जम्मा ४ ओटा ट्रफी र १६ ओटा सम्मान पत्र विभिन्न ४ ओटा ट्राभल एजेन्टलाई हस्तान्तरण गरेको हो ।
उक्त अवार्डमध्ये प्लाटिनम अवार्ड २०१७/१८ ओसो वल्र्ड ट्राभल नेपाललाई हस्तान्तरण गरिएको छ भने सुमेघ टुर एन्ड ट्राभलले गोल्ड अवार्ड हात पारेको हो । साथै यति ट्राभलले सिल्भर अवार्ड हात पार्याे भने सि लींक्स ट्राभल एन्ड टुरले बुरगान्डी अवार्ड प्राप्त गरेको हो ।

साथै कम्पनीले अन्य १७ ओटा अन्य ट्राभल एन्ड टुर कम्पनीलाई सम्मान पत्र पनि दिएको छ ।

उक्त अवार्ड तथा ट्रफी कतार नेपाललका लागि कम्पनीका कन्ट्री म्यानेजर जयप्रकास नैरले हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL