Logo

२० प्रतिशतले बढ्यो पेट्रोलियम खपत, नेपाली मुद्राको अवमूल्यन हुँदा निगमलाई मासिक ६० करोड घाटा

२० प्रतिशतले बढ्यो पेट्रोलियम खपत, नेपाली मुद्राको अवमूल्यन हुँदा निगमलाई मासिक ६० करोड घाटा



काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको खपत २० प्रतिशतले बढेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक बर्ष २०७३÷७४ को तुलनामा गत आर्थिक बर्षमा पेट्रोलियम पदार्थको खपत २० प्रतिशतले बढेको हो ।

नेपाल आयल निगमले एक सुचना जारी गर्दै पछिल्लो पटक नेपालमा पेट्रोलियम पदार्थको खपत बढ्दै गएपनि यसको भण्डारणको समस्या भने जटिल रहेको जानकारी दिएको छ । निगमले पेट्रोलियम पदार्थको भण्डारणमा समस्या हुँदा १÷२ दिनमात्रै पनि पेट्रोलियम पदार्थको आयात बन्द भएमा नेपालमा हाहाकार हुने अवस्था रहेको जानकारी दिएको छ ।

नेपालमा अहिले पेट्रोल करिब ५ दिनलाई पुग्ने, डिजेल ८ दिन र हवाई इन्धन करिव १० दिनलाई मात्रै धान्ने गरी भण्डारण क्षमता रहेको छ । निगमका अनुसार गत बर्ष यही अवधिको तुलनामा हाल पेट्रोलियम पदार्थको मूल्यमा ७० प्रतिशत वृद्धि भएको छ । यसका साथै हाल बजारमा कच्चा तेलको मूल्य प्रति व्यारेल करिब ७० देखि ७५ डलर कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा नेपाली मुद्राको अवमूल्यन भईरहँदा बजारमा पेट्रोलियम पदार्थको भने मूल्यमा उच्च वृद्धि भइरहेको छ । विनिमयदर १ रुपैयाँ प्रति डलरले वृद्धि हुँदा निगमलाई मासिक १५ करोड रुपैयाँको अतिरिक्त लागत पर्ने निगमको दावी छ । जसअनुरुप गत २ महिनाको अवधिमा पेट्रोलियम पदार्थको अन्तरराष्ट्रिय बजार मूल्य लगभग समान स्तरमै रहँदा पनि निगमलाई महिनामा ६० करोडको लागत मूल्य थप भएको हो ।

इन्डियन आयल कर्पाेरेसन (आईओसी) को नयाँ मूल्य अनुसार समग्रमा निगमलाई १५ दिनमा करिब २५ करोड घाटा हुने देखिएको निगमले जानकारी दिएको छ । हाल निगमले एलपी ग्याँस र डिजेलबाट मात्रै १५ दिनमा झन्डै ५० करोड रुपैयाँ घाटा वेहोरेको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL