Logo

हरेक घरधुरीलाई विद्युतको सेयर, जलविद्युत आयोजनाका काम तिव्र पारिँदै

हरेक घरधुरीलाई विद्युतको सेयर, जलविद्युत आयोजनाका काम तिव्र पारिँदै



काठमाडौं । नेपाल सरकारले नेपालका हरेक घरधुरीसम्म जलविद्युतको सेयर पुर्याउने योजना लिएको छ । नेपालका हरेक क्षेत्रमा विद्युत मात्रै नपुर्याएर हरेक घरका १ जनको विद्युतमा लगानी पनि हुने गरी योजना बनाएको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणको ३३ औँ बार्षिकोत्सवमा बोल्दै उनले अबको समयमा हरेक नेपाली पेन्सन तथा वृद्धभत्ताको भरमा नपरी जलविद्युतमा सेयर लगानी गरे बुढेसकालमा जिवीकोपार्जनमा सहयोग पुग्ने बताए । ‘अबको केही बर्षमा ५६ लाख घरधुरीसम्म विद्युतको सेयर पुग्नुपर्दछ ।’, उनले भने ।

हाल निर्माण भइरहेका तथा निर्माणको चरणमा रहेको विभिन्न जलविद्युत आयोजनाहरुको कार्य तिव्र पारिने पनि उनले जानकारी दिएका छन । कार्यक्रममा बोल्दै उनले नेपालमा हाल भइरहेका विभिन्न जलविद्युत आयोजनाको कार्य प्रगती न्युन गतीमा भएको हुँदा यसलाई तिव्र पारेर काम अगाडी बढाउने बताएका छन ।

उनले आगामी ३ बर्षमा ३ हजार मेगावाट विद्युत उत्पादन गर्नेगरी काम अघि बढाइएको बताउँदै हाल निर्माण कार्य भइरहेका विभिन्न आयोजनाहरुको पनि उत्तिकै रुपमा नियमन गर्न आवश्यक रहेको जानकारी दिए । उक्त कार्य प्रगतीको केन्द्रबाट नियमन नहुनाले पनि आयोजनाका काममा ढिलाई हँुदै आएको उनको भनाई थियो ।

उनले निजी क्षेत्रले हाल प्राधिकरणले भन्दा धेरै विद्युत उत्पादन थालेको बताउँदै प्राधिकरण निजी क्षेत्रसंग प्रतिश्पर्धात्मक रुपमा अघि बढ्नुपर्ने बताए । ‘निजी क्षेत्रसंग प्रतिश्पर्धात्पक रुपमा अघी नबढे नेपाल विद्युत प्राधिकरण धरापमा पर्न सक्ने र यसको अस्तीत्व माथि प्रश्न चिह्न खडा हुनेछ ।’, उनले भने ।

कार्यक्रममा बोल्दै प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घीसीङले प्राधिकरणलाई आर्थिक रुपले अझै सक्षम बनाउँदै लैजाने बताउँदै आगामी १० बर्षमा तराईका औद्योगिक करिडोर तथा नेपालका मुख्य शहरहरुमा १० हजार मेगावाट विद्युत आपुर्ति गर्न सक्ने प्रसारण लाइनको विस्तार गरिने बताए ।
साथै उनले काठमाडौं लगायत अन्य ठुला शहरहरुमा विद्युत लाईनलाई भुमिगत गर्न काम तिव्र पारिने पनि जानकारी दिए । प्राधिकरणले आफ्नो जमिन, उपकरण, तथा अप्टिकल फाइवर नेटवर्कको अधिकतम उपयोग गर्नुका साथै त्यस्ता संरचनाहरु उचित मूल्यमा भाडामा दिएर अतिरिक्त कमाई गर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL