Logo

मापदण्द विपरीत १६ उद्योगका सामान उत्पादन तथा बिक्री वितरण बन्द, ६२ उद्योगलाई सोधियो स्पष्टीकरण

मापदण्द विपरीत १६ उद्योगका सामान उत्पादन तथा बिक्री वितरण बन्द, ६२ उद्योगलाई सोधियो स्पष्टीकरण


रासस
0
Shares

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड पुरा नगरेका १६ उद्योगको सामान उत्पादन तथा बिक्री वितरण बन्द गरेको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्दै विभागले ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको हो ।
विभागले आव २०७३÷७४ मा ६ उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको थियो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा गर्न पटकपटक आग्रह गर्दा नमानेपछि ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरिएको जानकारी दिए । बिक्री वितरण बन्द गरिएका उद्योगमा खाद्यान्न, तेल, पाइप, छडलगायत बढी रहेका छन् ।
विभागले मापदण्डविपरीत उद्योग सञ्चालन गर्ने ६२ उद्योगलाई स्पष्टीकरणसमेत सोधेको छ । आव २०७३÷७४ मा ७३ उद्योगलाई विभागले स्पष्टीकरण सोधेको थियो ।
विभागले नेपाल गुणस्तर चिन्ह दुरुपयोग गर्ने एक उद्योगको मुद्दा प्रक्रिया अगाडि बढाएको थियो । आव २०७४÷७५ मा इजाजतपत्र प्रमाणिकरणका लागि ७० उद्योगले आवेदन दिएका थिए ।
आवेदन दिनेमा ४६ ग्याँस उद्योग, सात विदेशी र १७ नेपाली उद्योग रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL