Logo

२४ स्थानमा अटोमेटिक सौर्य बत्ती, अन्य स्थानमा पनि जडान गर्दै

२४ स्थानमा अटोमेटिक सौर्य बत्ती, अन्य स्थानमा पनि जडान गर्दै


रासस
0
Shares

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ का २४ स्थानमा सौर्य बत्ती जडान गरिएको छ । २१ लाख रुपैयाँ रकम खर्चेर वडा कार्यालयले सार्वजनिक स्थान, मन्दिर, विद्यालय र चोकहरुमा सौर्य बत्ती जडान गरेको हो ।

वडा कार्यालयको १६ लाख रुपैयाँ र नगरपालिकाको ५ लाख रुपैयाँ लागतमा सौर्य बत्ती जडान गरिएको वडाध्यक्ष कमल गिरीले बताएका छन ।

वडाका महत्वपूर्ण ठाउँमा सौर्य बत्ती जडान गरिएकाले रातिका बेला सर्वसाधारणलाई हिँडडुल गर्न सहज भएको अध्यक्ष गिरीले बताए । राति हुनेबित्तिकै आफैँ बल्ने र दिउँसो हुनासाथ आफैँ निभ्ने गरी स्वचालित प्रणालीमा आधारित सौर्य बत्ती जडान गरिएको हो ।

रातिका बेला नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेर बालीनालीमा नोक्सानी पुर्याउँदै आएका जंगली जनावर समेत सौर्य बत्तीको उज्यालोले तर्सेर भाग्ने अध्यक्ष गिरीको भनाइ रहेको छ ।

वडाका अन्य स्थानमा चालू आवमै सौर्य बत्ती जडान गर्ने योजना वडा कार्यालयको रहेको छ । यसअघि नगरपालिकाको वडा नं ९ मा समेत १० लाख रुपैयाँ रकम खर्चेर सौर्य बत्ती जडान गरिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL