Logo

त्रिशूली र देवीघाट जलविद्युत केन्द्रको उत्पादन बन्द, बुधबार देखी राष्ट्रिय प्रशारणको लाईन

त्रिशूली र देवीघाट जलविद्युत केन्द्रको उत्पादन बन्द, बुधबार देखी राष्ट्रिय प्रशारणको लाईन


रासस
0
Shares

काठमाडौं । त्रिशूली जलविद्युत केन्द्रमा मंगलबार लागेको आगोले क्षती पुगे पछि विद्युत उत्पादन बन्द भएको छ ।
विद्युत केन्द्रमा भएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ ।

जलविद्युत गृहबाट उत्पादित विद्युतलाई टान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिएको विद्युतीय तारमा जडान गरिएको बसबार र तीनवटा ब्रेकरमा आगोले क्षति पुर्याए पछि २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत केन्द्र र १४ मेगावाटको देवीघाट जलविद्युत केन्द्रको उत्पादन बन्द छ ।

विद्युत उत्पादन गर्न सकिने भए पनि मर्मतका लागि बन्द गर्नुपर्ने बाध्यताले मंगलबार अपराह्नको आगलागी लगत्तै त्रिशूली र बुधबार देखि देवीघाट जलविद्युत केन्द्र बन्द गरिएको त्रिशूली जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिएका छन ।

आगलागीबाट क्षति पुगेका टर्बाइनको मर्मतमा नेपाल विद्युत प्राधिकरणका १५ जना भन्दा बढी प्राविधिक खटिएको भट्टले बताए । उनका अनुसार आगोले क्षति पुगेका ब्रेकर भैरहवा सवस्टेशनमा मौजुदा रहेकाले त्यहाँबाट ल्याउन पहल भइरहेको छ ।

‘पूर्णक्षति भएका उपकरणको लागत लिएर सामग्री मगाएका छौं ।’ उनले भने, ‘आगो निभाउन फायर एक्सटिनगुइसर ग्यास पर्याप्त नभएपछि दमकल मार्फत पानी समेत प्रयोग भएकाले त्यसको कारण क्षति पुगेका उपकरण कति छ भन्ने यकिन हुन सकेको छैन’ ।

उनका अनुसार प्रारम्भिक लागतको आधारमा १ करोड रुपैयाँ भन्दा बढीको क्षति पुगेको छ । त्रिशूली जलविद्युत केन्द्र मर्मतका लागि पानी बन्द गर्नुपर्ने भएकाले त्यसको निकास पानीबाट सञ्चालनमा रहेको देवीघाट जलविद्युत केन्द्र पनि बन्द गरिएको हो ।

बन्द भएका दुई जलविद्युत केन्द्रको उत्पादन क्षमता ३५ मेगावाट रहेको र सो अवरुद्ध हुँदा दैनिक ५० लाख रुपैयाँ भन्दा बढीको विद्युत उत्पादन रोकिएको त्रिशूली जलविद्युत केन्द्रका वितरण शाखा प्रमुख सन्तोष कुमारले जानकारी दिएका छन ।

उनका अनुसार क्षति पुगेका उपकरण मर्मत गर्न कम्तीमा एक साता लाग्ने देखिए पछि केन्द्र मार्फत वितरण भएको विद्युतलाई बुधबार देखि राष्ट्रिय ग्रिडमार्फत जडान गरी विद्युत सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL