Logo

२८६ मेवा जलविद्युतका लागि ३७ अर्ब लगानी स्वीकृत, ८ ठुला आयोजना निर्माण हुँदै

२८६ मेवा जलविद्युतका लागि ३७ अर्ब लगानी स्वीकृत, ८ ठुला आयोजना निर्माण हुँदै



काठमाडौं । पछिल्लो ३ महिनामा जलविद्युत आयोजनामा मात्रै करिब ३७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको छ ।

उद्योग विभागका अनुसार सो अवधिमा विभिन्न कम्पनीहरुले २ सय ८६ दशमलव ६६ मेगावाट जलविद्युत उत्पादनका लागि ३७ अर्ब २७ करोड ७३ लाख ७३ हजार रुपैया लगानी स्वीकृत भएको हो ।

पछिल्लो ३ महिनाको अवधिमा जलविद्युतमा सबैभन्दा बढि लगानी स्पार्क हाईड्रोपावर कम्पनीले गरेको छ । सो कम्पनीले १ सय २८ मेवाको फुङलीङ जलविद्युत आयोजनाका लागि २४ अर्ब १८ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव सहित उद्योग विभागमा कम्पनी दर्ता गरेको हो ।

यसैगरी उद्योग विभागमा युनिटेक हाइड्रोपावरले फावाखोला जलविद्युत आयोजनाका लागि १ अर्ब ३ करोड ६८ लाख ७० हजार रुपैया लगानी स्वीकृत गरेको छ । यसका साथै अन्य कम्पनीहरुमा सुपर मादी हाइड्रोपावर लिमीटेड रहेको छ ।

सो कम्पनीले कास्की जिल्लास्थित पार्ची खोला जलविद्युत आयोजनाको लागि ८ अर्ब ९ करोड ८१ लाख ५० हजार लगानी स्वीकृत गरेको छ भने अन्य साना आयोजना गरि जम्मा ८ ओटा आयोजनाको लागि ३७ अर्ब लगानीको स्वीकृत गरेको विभागले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL