Logo

एनटिटिएफसीको बैठक सुरु, खासा र केरुङ भन्सार नाकाको समस्या समाधानमा केन्द्रित

एनटिटिएफसीको बैठक सुरु, खासा र केरुङ भन्सार नाकाको समस्या समाधानमा केन्द्रित



काठमाडौं । नेपाल तिब्बत व्यापार सहजीकरण समिति (एनटिटिएफसी)को २ दिने बैठक आजदेखि सुरु भएको छ । बिहीबार नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधी तथा चीन तिब्बत व्यापारका प्रतिनिधिहरुबीच २ दिने बैठक सुरु भएको हो ।

उक्त बैठकमा नेपाल र चीनको तिब्बतबीच हुने अन्तरदेशीय व्यापारमा देखापरेका समस्या, बाधा आदी विषयको सहजीकरणका विषयमा छलफल हुने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रबि शंकर सैैंजुले जानकारी दिए ।

उनका अनुसार २ दिन सम्म चल्ने उक्त बैठकमा खासा, तातोपानी, केरुङलगायतका नाकामा हुने भन्सारसम्बन्धी समस्याको समाधानका साथै उक्त नाकाहरुमा पुर्वाधारको विकासका बारेमा छलफल हुने छन । तिब्बत नेपाल नाकाबाट विभिन्न किसीमका वस्तु तथा सामानहरु नेपाल भित्रने तथा नेपालबाट पनि उत्तिकै मात्रामा सामान निर्यात हुने हँुदा पनि यी नाकाहरुलाई व्यवस्थित गर्नुपर्ने उनको भनाइ थियो

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL