Logo

जनप्रतिनिधिको विरोधपछि तामाकोशीको सेयर संकलन मिति सर्यो, अब साउन १६ बाट मात्रै बिक्री

जनप्रतिनिधिको विरोधपछि तामाकोशीको सेयर संकलन मिति सर्यो, अब साउन १६ बाट मात्रै बिक्री



काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर साउन १६ गतेदेखि मात्र खुला गर्ने भएको छ ।

स्थानीय जनप्रतिनिधिहरुको विरोधसँगै जिल्ला समन्वय समितिको बैठकले प्रथम पटक प्रकाशित मितिलाई संशोधन गर्दै साउन १६ गतेदेखि सेयर निष्काशन गर्ने आयोजनाले जानकारी दिएको छ ।

आयोजनाले यही असार २४ गतेदेखि साउन ९ गतेसम्म स्थानीय सेयर बिक्री गर्न सुचना प्रकाशित गरेको थियो । तर, स्थानीय जनप्रतिनिधिले भने साउन १६ देखि भदौं १४ गेतसम्म खुला गर्न माग गरेपछि सोही अनुरुप मिति सारिएको हो ।

वर्षातको समयमा जिल्लाबासीलाई आवतजावतमा समस्या र बैंकहरुको क्लोजिङ हुने भएकाले सेयर आवेदन दिन आवश्यक रकम जुटाउन नसक्ने भन्दै आयोजनालाई मिति सार्न आग्रह गरेका थिए ।

आयोजनाले जिल्ला समन्वय समितिको माग तथा स्थानीय जनप्रतिनिधिको माग अनुसारनै तोकिएको मितिलाई संशोधन गरेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL