Logo

नेपाल विद्युत प्राधिकरणको शतप्रतिशत लगानीमा ४० मेवाको आयोजना निर्माण हुँदै, ३९ महिनामा सञ्चालनमा आउने

नेपाल विद्युत प्राधिकरणको शतप्रतिशत लगानीमा ४० मेवाको आयोजना निर्माण हुँदै, ३९ महिनामा सञ्चालनमा आउने


रासस
0
Shares

काठमाडौं । रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानी रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजनाको बाँध रहने स्थानसम्म पुग्ने पहुँच सडक निर्माणको काम शुरु भएको हो ।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आइतबार मौवाफाँटदेखि झीँ र दग्नामको सिमाना बुक्लमा रहने बाँधस्थल जोड्ने सडकको शिलान्यास गर्नुभएको थियो । ६ अर्बमा ठेक्का सम्झौता गरेको भारतीय कम्पनी जेपी एशोसिएट्सले पूर्वाधार निर्माणको काम शुरु गरेको कम्पनीका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिए ।

आगामी ४ महिनाभित्र पाँच किलोमिटर सडक निर्माण गरेर बाँधस्थलसम्म पु¥याउने लक्ष्य रहेको पाण्डेले जानकारी दिनुभयो बताए । २०७४ साल मंसिर ७ गते ठेकेदार कम्पनीसँग भएको सम्झौतालाई ऋण लगानीकर्ता भारतीय एक्जिम बैङ्कले २०७५ साल जेठ ९ गते स्वीकृत गरेपछि कम्पनीले जेठ १० गते नै काम शुरु गर्न पत्राचार गरेको थियो ।

लगत्तै कार्यक्षेत्रमा परिचालन भएर नक्साङ्कन शुरु गरेको ठेकेदारले पूर्वाधार निर्माण शुरु गरेपछि लामो समयदेखि प्रतीक्षा गरिएको रघुगंगा हाइड्रोले गति लिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए । ‘रघुंगगा हाइड्रोको कामले गति लिएकामा उत्साहित भएका छौँ,’ अध्यक्ष भण्डारीले भने, ‘अब अन्य आयोजनालाई पनि काम छिटो शुरु गर्न दबाब पुग्नेछ ।’

सिभिल ठेकेदारले बाँध, सुरुङ र विद्युतगृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाएको छ । कम्पनीका अनुसार दोस्रो चरणमा इलेक्ट्रिमेकानिक ठेक्काको प्रक्रियासमेत अघि बढेको छ । आगामी ३९ महिनामा आयोजना सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ ।

एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋण लगानी रहेको आयोजना कम्पनीको अवधारणाअनुसार निर्माण हुन लागेको प्रबन्ध सञ्चालक पाण्डेले बताए । आयोजना निर्माणको चरणमा प्रवेश गरेपछि सर्वसाधारण र स्थानीय बासिन्दाले लगानीको अवसर पाउनेछन् ।

इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्र्याक्ट (इपिसी) प्रारुपमा निर्माण आयोजना निर्माण हुन लागेको हो । यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकामा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको छ । यसअघि छनौट भएको भारतको आइभिआरसिएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट आयोजना बनाउन लागिएको हो । आरभिआरसिएलसँग सम्झौता भएको आयोजना ७ वर्षपछि पुनः ठेक्का लगाई निर्माण शुरु हुन लागेको हो ।

कार्यतालिका र सम्झौताअनुसार आयोजना सन् २०७० सालमा सकिनुपर्ने थियो । यो आयोजना नदीको बहावमा आधारित छ । यसको सम्भाव्यताको अध्ययन सन् १९९८ मा भई सन् २००८ मा अद्यावधिक गरेको थियो । आयोजनाका लागि आवश्यक २ सय ८२ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

आयोजना म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले, झीँ र दग्नाममा पर्छ । झीँ र दग्नामको सिमामा बाँध रहेको आयोजनाको विद्युत् गृह पिप्लेको तिल्केनीचौरमा रहने जनाइएको छ । आइभिआरसिएलले प्रारम्भिक चरणको कामसमेत अघि बढाउन नसकेर अलपत्र पारेको थियो । राहुघाट कालीगण्डकीको सहायक नदी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL