Logo

एग्रेसिभ रुपमा बजार विस्तार गर्दै ‘किङ्फिसर’ वियर, यस्तो छ बार्षिक योजना !

एग्रेसिभ रुपमा बजार विस्तार गर्दै ‘किङ्फिसर’ वियर, यस्तो छ बार्षिक योजना !



काठमाडौं । गत महिना नेपाली बजारमा भित्रिएको किङफिसर वियर १ महिना भित्रै नेपालीमाझ लोकप्रिय बन्न पुगेको छ । १ सय ६१ बर्ष लामो इतिहास बनाएको किङ्फिसरलाई यती ब्रुअरीले नेपाली बजारमा भित्र्याएको हो ।

किङ्फिसर वियर नेपाली बजारमा भित्रिएको छोटो समयमा नै उपभोक्ताबाट राम्रो फिडव्याक भएको यती ब्रुअरीका महाप्रबन्धक अरुण केसी बताउँछन् । कम्पनीले नेपालमा एक सय वटा डिस्ट्रीब्युटरबाट उक्त वियर बिक्री वितरण गर्दै आएको छ भने नेपालभर करिब ४० हजार मदिरा बेच्ने पसलमध्ये २५ प्रतिशत पसलबाट उक्त वियर बिक्री भइरहेको उनको दावी छ ।

एभरेष्ट ग्रूप र विशाल ग्रूपका संयुक्त लगानीमा आजभन्दा १५ महिना अघि स्थापना भएको एयी ब्रुअरीद्वारा उत्पादित अर्ना वियर पनि नेपाली चर्चित ब्राण्डको रुपमा स्थापना भइसकेको छ । वियर उत्पादन शुरु गरेको करिब डेढ बर्षको अधिमा नेपालको कुल वियरबजारको ८ प्रतिशत हिस्सा ओगट्न सफल भएको उनको दावी छ ।

यती ब्रुअरीले बहुराष्ट्रिय कम्पनी किङ्फिसरका उत्पादन नेपाली बजारमा भित्रिएसँगै आगामी दिनमा बजार हिस्सा उच्च रुपमा बढ्न उनको दावी छ । ‘हामीले किङ्फिसरलाई नेपाली बजारमा भित्र्याएसँगै एक बर्षभित्र नेपाली वियर बजारको १८ प्रतिशत हिस्सा ओगट्नगरी अघि बढेका छौं,’ उनले भने, ‘पछिल्लो समय हाम्रो उत्पादनप्रति ग्राहकले जुन प्रतिक्रिया दिनुभएको छ त्यसबाट हामी सफल हुनेमा ढुक्क छौं ।’

ब्रुअरीले नेपालमा किङफिसरका दुई गरीका वियर उत्पादन तथा  बिक्री गर्दै आएको छ । जसमा प्रिमियमको मूल्य प्रतिवोतल २७५ रुपैयाँ छ स्ट्रोङको मूल्य प्रतिबोतल २३५ रुपैयाँ छ । यी वियरहरु सोही गुणस्तरको अन्य कम्पनीका वियरको तुलनामा प्रतिबोतल २० रुपैयाँ सस्तो भएको उनको भनाई छ । अहिले कम्पनीले नाफाभन्दा पनि उपभोक्तालाई उच्च गुणस्तरको उत्पादन दिएर सबैभन्दा बढि बजारमा ओगट्ने उद्देश्य अनुरुप अघि बढेको जानकारी दिँदै ठूलो भोलुममा बेचेर कमाउने उनको लक्ष्य छ ।

सबै उमेर समुहलाई लक्षित गरेर बजार विस्तार गर्दै आएको यती ब्रुअरीले नेपालमा सबै स्थानमा पुग्ने लक्ष्य लिएको छ । ‘अहिले हाम्रा उत्पादनहरु मेचीदेखि महाकालीसम्म पुगिसकेका छन्,’ उनले भने, ‘हामीले नेपालमा जुन वियर भित्र्याएका छौं त्यो विश्वमै रिनाउण्ड ब्राण्ड हो जसले गर्दा हामीलाई बजारीकरण गर्न पनि सहज हुनेछ ।’

यतीले ब्रुअरीले आफुलाई समयसापेक्ष प्रविधि र गुणस्तरलाई मेन्टेन गर्नका लागि पनि नेपाली बजारमा किङफिसर भित्र्याएको उनको भनाई थियो । दैनिक रुपमा विश्व बजारमा आएको नयाँ प्रविधि ल्याउनका लागि हाम्रा लागि यती ब्रुअरीलाई किङफिसर अपरिहार्य भयो ।
वियरलाई सरकारी नियमले गर्दा हामीले खुलेर ब्राण्डिङ गर्न नपाएको जानकारी दिँदै निश्चित सिमा भित्र रहेर ब्राण्डिङ गर्दै आएका केसी बताउँछन् । ‘हामीले किङफिसरलाई नेपाली बजारमा भित्र्याएको १ महिना मात्र भएको छ । यसलाई पहिलो बर्षमै १२ लाख कार्टुन बेच्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘यस्तै हाम्रो नेपाली ब्राण्ड अर्ना पनि नेपालीको रोजाईमा पर्न सफल भएको छ यसलार्य पनि पहिलो बर्षमै करिब २४ लाख कार्टुन बिक्री गर्ने लक्ष्यका साथ अघि बढेका छौं । ’

वियर भनेको ९० प्रतिशत पानी भएको जानकारी दिँदै वियर उत्पादन गर्दा पानीको गुणस्तरलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाई छ । यति ब्रुअरीले शतप्रतिशत ‘आरओ’ गरेको पानी प्रयोग गरेर वियर उत्पादन गर्दै आएका छौं र त्यसलाई निरन्तरता दिनेछौं । वियर खाएपछि भोलिपल्ट ह्याङ हुनु भएन भने खादाको स्वाद पनि त्यतिकै मिठो हुनु पर्छ । यस्तै अल्कोहल भोलुममा सुनिश्चितता हुनुपर्छ । जुन उपभोक्ताले खाएपछि फिल गर्ने कुरा हो ।

किङफिसर सन् १८५७ देखि वियर उत्पादन गर्दै आएको ब्राण्ड हो जसको १६१ बर्षको इतिहास छ । यो अन्तरराष्ट्रिय रुपमै चर्चित ब्राण्ड भएका कारण नेपालमा पनि बजारीकरण गर्न कुनै कठिन नभएको उनको दावी छ । ‘हामीले नेपाली बजारमा भित्र्याएको छोटो समयमा नै उपभोक्ताबाट राम्रो प्रतिक्रिया आएको छ जुन हाम्रो उपलब्धि हो,’ उनले भने, ‘हामीले सुरुमा ५ कार्टुन दिएका पसलहरुले अहिले महिना दिनमै ७ सय कार्टुनसम्मको अर्डर गर्न थालिसकेका छन् । यो उपभोक्ताले मन पराएकै कारण भएको हो ।’

आगामी बर्षसम्ममा नेपाली बियर बजारमा किङफिसरले दोहोरो अंकको बजार हिस्सा लिनेछ । अहिले अर्नाले मात्रै १ बर्षको अबधिमा नेपाली बियर बजारको करिब ८ प्रतिशत हिस्सा लिइसकेको छ । अब बहुराष्ट्रिय ब्राण्ड किङफिसरको आवागमनसँगै यसलाई विस्तार गर्न झनै ठूलो सहयोग पुग्ने उनी बताउँछन ।

प्रतिक्रिया दिनुहोस्
MBL