Logo

महासंघ अध्यक्ष राणा र एपीओ महासचिवबीच भेट, कृषिको उत्पादकत्वमा एपीओले सहयोग गर्ने

महासंघ अध्यक्ष राणा र एपीओ महासचिवबीच भेट, कृषिको उत्पादकत्वमा एपीओले सहयोग गर्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा तथा एसियाली उत्पादकत्व संगठनका महासचिव डा. शान्थी कनाकतानापोर्नबीच भेटबार्ता भएको छ ।

भेटमा महासंघ अध्यक्ष राणाले नेपाली निजी क्षेत्रलाई आवश्यक तालीममार्फत उत्पादकत्व अभिवृद्धिमा सघाउन एपीओलाई आग्रह गरेकी छन ।

महासचिव कनाकतानापोर्नले कृषिलाई आधुनिक, प्रविधिमैत्री र यूवाहरुलाई आकर्षित गर्ने ढंगबाट योजना तथा कार्यक्रम आउनु पर्ने सुझाव दिएका छन ।

साथै कृषिको उत्पादकत्व अभिवृद्धिमा कसरी सहयोग गर्न सकिन्छ त्यसलाई एपीओले उच्च प्राथमिकतामा राखेर सहयोग गर्ने बताएका छन ।

नेपालको तीन दिने भ्रमणमा रहेका महासचिव कनाकतानापोर्न र अध्यक्ष राणा बीचको भेटमा उत्पादकत्व अभिवृद्धि, कृषिको व्यवसायीकरण÷प्रविधिकरण र राष्ट्रिय उत्पादकत्व अभिवृद्धि सरकार–निजी क्षेत्र बीचको सहकार्य लगायतको विषयमा छलफल भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL