Logo

युएईका लगानीकर्तालाई लगानी गर्न उद्योग मन्त्रीको आग्रह, दोहोरो कर र लगानी संरक्षण सम्झौता गर्न युएईको आग्रह

युएईका लगानीकर्तालाई लगानी गर्न उद्योग मन्त्रीको आग्रह, दोहोरो कर र लगानी संरक्षण सम्झौता गर्न युएईको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले संयक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन । सोमबार दुबईका उपसचिव अब्दुल अहमद सलेहसँगको भेटमा उनले उक्त कुरा राखेका हुन ।

यादवले युएईका उनसचिव सहितको लगानीकर्ताको टोलीलाई सोमबार आफ्नै कार्यकक्षमा भेट गरेका छन । उक्त भेटमा उनले तीन तहको निर्वाचन पछि बनेको अहिलेको बहुमतयुक्त सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा दिदै आर्थिक समृद्धिको अभियान चलाइरहेको बताए ।

‘अहिले देशमा तीन तहको चुनाव सम्पन्न भई केन्द्र, प्रदेश तथा स्थानिय तहमा बहुमतयुक्त सरकार गठन भएको छ,’ युएईका लगानीकर्तालाई यादवले भने, ‘अब देशलाई आर्थिक सम्वृद्धि तर्पm लैजान सरकार निरन्तर रुपमा लागि रहने र समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक तुल्याउन लागि पर्ने छौं ।’

उनले वैदेशिक रोजगारीमा गएका अदक्ष श्रम शक्तिलाई दक्ष बनाउन देशभित्र सीप विकासका अवसरहरु उपलब्ध गराउनु पर्ने खाँचो रहेको बताए । यसका लागि सीप विकास केन्द्रहरु स्थापनामा लगानी गर्न दुबई सरकारसँग आग्रह गरेका छन ।

साथै नेपालको व्यापार घाटा कम गर्न निर्यात सम्भाव्य वस्तुहरुको सहज बजार पहुँचका लागि आग्रह गर्दै वैदेशिक लगानीका लागि देश भित्र उपयुक्त वातावरण निर्माण भैरहेकोले नेपालभित्र जलविद्युत, पर्यटन, उत्पादन लगाएतका क्षेत्रहरुमा लगानी गन पनि दुबईका लगानीकर्तालाई आग्रह गरेका छन ।

यसका साथै दुबईका उपसचिव अब्दुल्ला अहमदले नेपाली उत्पादनलाई यूएईमा बजार प्रदान गर्ने काममा युएई सरकार सहयोग गर्न तयार रहेको जानकारी दिए । यसका साथै उनले आफ्नो देशले बाहिरी लगानीको अबसर खोजिरहेको भन्दै रणनीतिक साझेदारीको रुपमा अगाडी बढ्न चाहेको कुरा व्यक्त गरे ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL