Logo

नेपाल स्टार्टअप मिट २०१८ सम्पन्न, २३ ओटा उद्यमको चर्चा

नेपाल स्टार्टअप मिट २०१८ सम्पन्न, २३ ओटा उद्यमको चर्चा



काठमाडौं । नेपाल इन्टरपे्रनर्स सोसाइटीले ‘नेपाल स्टार्टअप मिट २०१८’ आयोजना गरेको छ । नेपालका विभिन्न युवाउद्यमीलाइ प्रोत्साहन गर्ने उद्देश्य अनुरुप सोसाइटीले शुक्रबार उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा पूर्व उद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले १० बर्षमा १० हजार उद्योगहरु स्थापना गर्ने लक्ष्यसहितको सोसाईटीको उद्देश्यलाई सकारात्मक रहेको बताएका छन । यसका साथै उनले सोसाईटीले आँटेको कामलाई आफ््नो पुर्ण समर्थन रहेको जानकारी दिदै कुनै पनि उद्योगमा १ खर्ब लगानी गरेमा त्यसले ५० हजार जनाको लागि रोजगारीको सिर्जना गर्ने बताए ।

कार्यक्रममा २३ जना युवा उद्यमीहरुले आफुले गर्दै आएको उद्यमको बारेमा जानकारी तथा सोको आइडिया प्रस्तुत गरेका थिए । जसमा बढि जसो उद्यमहरु प्रविधिसंग सम्बन्धित थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL