Logo

सबै ठूला उद्योगमा सहज विद्युत आपुर्ति, सेजमा पनि संचालनमा आएकै दिनबाट

सबै ठूला उद्योगमा सहज विद्युत आपुर्ति, सेजमा पनि संचालनमा आएकै दिनबाट



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपालका सबैजसो ठुला उद्योगमा विद्युत आपुर्ति गर्ने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार आयोजित उद्योग मन्त्रालय, नेपाल आर्थिक पत्रकार समाज (सेजन) र विशेष आर्थिक क्षेत्र प्राधिकरणको औद्योगिकरणको विस्तार सम्बन्धी १ दिने छलफलमा सोको बारेमा जानकारी दिएका हुन ।

यसका साथै उनले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग संचालन गरेकै दिन आवश्यक विद्युत दिने पनि बताएका छन । ‘सेजमा सञ्चालन हुने उद्योगहरुलाई तत्काल ४-५ मेगावाट उपलब्ध गराउन सक्ने र उद्योगहरुलाई थप चाहेमा सेज हुँदै जाने ३३ केभीबाट समेत थप विद्युत उपलब्ध गराउन सक्छौ ।’ उनले भने ‘सेजका लागि विद्युत अभाव हुँदैन, तत्काल दिन तयार छौ ।’

उनले सेज सञ्चालनका लागि कुनै उद्योगबाट थप विद्युतको माग समेत नआएको पनि जानकारी दिए । उद्योगी व्यवसायीले भने आवश्यक विद्युत आपूर्ती हुन नसकिरहेका बताइरहेका बेला उनले अब विद्युतका कारण सेजमा उद्योग संचालन गर्न नपाएको भन्ने गुनासो नआउने धारणा व्यक्त गरे ।

प्राधिकरणले सबै उद्योगहरुलाई गुणस्तरीय र भरपर्दो विद्युतका लागि हालको वितरण प्रणालीमा सुधार गरी सबै उद्योगमा १३२ केभीको प्रशारण लाइन निर्माण गरेर विद्युत आपुर्तिको व्यवस्था गर्न लागेको लागेको छ । यसका साथै कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सेजमा उद्योग स्थापना गर्ने उद्योगीसँग सरकारले भाडादर घटाउनुपर्ने माग गरेका छन । सरकारले उक्त क्षेत्रमा प्रति स्क्वायर फिट १ सय ५० रुपैयाँ भाडा लिने व्यवस्था गरेको थियो । उनले अव सरकारले प्रति स्क्वायर फिट २० रुपैया भाडा लिनुपर्ने माग गरेका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL