Logo

भेरी बबई सुरुङ मार्गको काम ४० प्रतिशत, ६ महिनामै सुरुङ मार्ग सम्पन्न हुने

भेरी बबई सुरुङ मार्गको काम ४० प्रतिशत, ६ महिनामै सुरुङ मार्ग सम्पन्न हुने


रासस
0
Shares

काठमाडौं । प्रदेश नं ६ अन्तर्गत सुर्खेतको हात्तीखालमा निर्माण शुरु भएको भेरी बबई डाइभर्शन बहुउद्देश्यीय आयोजना (विविडिएमपी)को सुरुङ मार्ग निर्माण को काम ४० प्रतिशत सम्पन्न भएको छ ।

चाइना ओभरसियस इन्जिनियरिङ ग्रुपले निर्माण गरिरहेको डाइभर्सन आयोजनाको साढे पाँच किलोमिटर सुरुङ मार्ग निर्माण सम्पन्न भएको आयोजनाका जनसम्पर्क अधिकारी गणेश श्रेष्ठले जानकारी दिएको छ ।

टिविएम मेशिनले सुरुङ मार्ग निर्माण गरिँदै आएको छ । नेपालमै पहिलो र नयाँ प्रविधिबाट निर्माण शुरु भएको सुरुङ मार्गमा प्रत्येक दिन ३० मिटर सुरुङ खन्ने काम भइरहेको श्रेष्ठले बताए । टनेलिङ प्रविधिबाट सुरुङ निर्माण भइरहेको छ ।

अमेरिकाबाट ल्याइएको सो मेशिनको प्रयोगले सुरुङ निर्माण गरिँदैछ । १२ किलोमिटर लामो सो सुरुङ सुर्खेतको भेरी गंगा नगरपालिकाको चिम्लेस्थित भेरी नदीसम्म निर्माण हुनेछ ।

‘यही गतिमा काम भए अबको ६ महिनामै सुरुङ मार्ग निर्माण सम्पन्न हुन्छ,’ अधिकारी श्रेष्ठले भने । ४८ मेगावाट विद्युत उत्पादन तथा बाँके– बर्दियाको ५१ हजार जमीनमा सिँचाइ गर्ने उद्देश्यले २०७१ माघदेखि सो आयोजना शुरु भएको थियो ।

१० अर्ब ५६ करोड रुपैयाँ भन्दा बढीको लगानीमा शुरु भएको उक्त आयोजना २०७५ फागुनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । हाल सुरुङ मार्ग निर्माणमा ८० चीनियाँ प्राविधिक र ५ सय ५० जना स्थानीय श्रमिकले उक्त आयोजनामा काम गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL