Logo

विद्युत चोरी रोक्न गृह र प्राधिकरणबीच सम्झौता, जग्गा अधिग्रहणमा पनि सघाउने

विद्युत चोरी रोक्न गृह र प्राधिकरणबीच सम्झौता, जग्गा अधिग्रहणमा पनि सघाउने



काठमाडौं । गृह मन्त्रालय र नेपाल विद्युत प्राधिकरणबीच विद्युत चोरी हुनबाट रोक्न एक सम्झौता भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री बर्षमान पुन तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच बसेको बैठकले सो सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार विद्युत चोरी विरुद्ध कडा भएर लाग्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र दुवै मन्त्रालय मिलेर प्रभावकारी कार्यन्वयन गर्ने बताइएको छ । विद्युत चोरी गर्नेलाई कानुन बमोजिम कडा कारवाही गर्ने पनि सम्झौतामा उल्लेख छ ।

यसका साथै जग्गा अधिग्रहणको लागि पनि प्राधिकरण र जिल्ला प्रशासन कार्यलयबीच आपसी समन्वयमा थप सक्रियता देखाउँदै तत्काल समस्याको समाधान गर्ने भएको हो । मन्त्रालय अन्तरगत संचालनमा रहेका आयोजनाहरुको निर्माण कार्यमा लापरवाही गर्दै समयमा गुणस्तरीय काम नभएको खण्डमा कारवाही पनि गरिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL