Logo

आगामी २ बर्षमा यी वस्तुमा आत्मनिर्भर हुँदैछ नेपाल, हरेक स्थानीय तहमा उद्योग ग्राम

आगामी २ बर्षमा यी वस्तुमा आत्मनिर्भर हुँदैछ नेपाल, हरेक स्थानीय तहमा उद्योग ग्राम



काठमाडौं । नेपाल आगामी २ बर्षमा विभिन्न वस्तुहरुमा आत्मनिर्भर हुने भएको छ । चिनी, औषधि, फलामे डण्डी, काठ, सिमेन्ट, लगायतका आधारभुत निर्माण सामग्रीमा आत्मनिर्भर हुने सरकारले जानकारी दिएको हो ।

साथै उक्त वस्तुहरुमा आत्मनिर्भर हुनलाई आवश्यक कदमहरु चाल्नुका साथै त्यस्ता उत्पादनलाइ आधारभुत संरक्षण दिइने पनि सरकारले जानकारी दिएको छ ।

सरकारले गलैंचा, जुट, तयारी पोशाक आदिजस्ता निर्यातजन्य वस्तुहरुको उद्योगको प्रवद्र्धन पनि गर्ने भएको हो ।

संघिय संसदमा मंगलबार आर्थिक बजेट प्रश्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले फलाम खानीको बैज्ञानिक परीक्षण गर्दै उत्खनन तथा प्रशोधन कार्य अघि बढाउने जानकारी दिएका छन ।

साथै उनले प्रत्येक प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र, एक आर्थिक क्षेत्र तथा एक विशेष आर्थिक क्षेत्र स्थापना गर्ने पनि जानकारी दिए ।

यसैगरी सरकारले आगामी ३ बर्षमा हरेक स्थानीय तहमा निजी क्षेत्रको सहभागितामा उद्योग ग्रामहरु पनि सञ्चालनमा ल्याउने पनि जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL