Logo

दुई रिसोर्ट र सिसा उद्योग संचालन गर्न बोर्डले माग्यो आवेदन, सर्वसाधारणको पनि लगानी रहने

दुई रिसोर्ट र सिसा उद्योग संचालन गर्न बोर्डले माग्यो आवेदन, सर्वसाधारणको पनि लगानी रहने



काठमाडौं । लगानी बोर्डले विभिन्न तीन ठूला उद्याग संचालनका लागि सम्भाव्यता अध्ययन गर्न आवेदन माग गरेको छ । बोर्डले सिसा उद्योग र रिसोर्ट संचालनका सम्भाव्यता अध्ययन गर्न एक्स्प्रेशन अफ इन्ट्रेष्ट (ईओआई)का लागि विश्वव्यापी बोलपत्र आब्हान गरेको छ ।

बोर्डले सम्भाव्यता अध्ययन छनौट गरी लगानीका लागि तयारी अवस्थामा राख्न नयाँ आयोजनाहरुको इओआई गर्न लागेको बोर्डका प्रवक्ता उत्तम वाग्लेले जानकारी दिए । ‘हामीले यी उद्योगहरु संचालनका लागि कति सहज छ कति लगानी लाग्छ भन्ने विषयमा विस्तृत अध्ययन गर्न विश्वव्यापी बोलपत्र आब्हान गरेका हौं,’ उनले भने, ‘यसको रिपोर्ट आएपछि मात्र ती उद्योगहरु संचालन गर्न कति लगानी लाग्छ एकिन हुनेछ ।’

बोर्डले एक सिसा उद्योग, दुई रिसोर्टको सम्भाव्यता अध्ययन गर्न बोलपत्र आब्हान गरेको हो । जस अनुसार से–फोक्सुण्डो लक्जरी रिसोर्ट डोल्पा र मनाङ्मा स्कि रिसोटको सम्भाव्यता अध्ययन गरिने भएको छ । सोको सम्भाव्यता अध्ययन गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीले बोलपत्र हाल्न सक्नेछन् ।

उक्त रिसोर्ट र सिसा उद्योगको विस्तृत विवरण आएलगत्तै सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्नका लागि बोलपत्र आब्हान गरिने समेत बोर्डले जानकारी दिए छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL