Logo

होङ्सी सिमेन्टले थाल्यो उत्पादन, दैनिक ६ हजार टन सिमेन्ट बजारमा

होङ्सी सिमेन्टले थाल्यो उत्पादन, दैनिक ६ हजार टन सिमेन्ट बजारमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बहुराष्ट्रिय कम्पनी होङ्सी सिमेन्टले व्यवसायीक उत्पादन सुरु गरेको छ । नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सीले व्यावसायिक रुपमा सिमेन्ट उत्पादन सुरु गरेको हो ।

नेपाल र चीनको संयुक्त लगानी रहेको होङ्सी शिवमले सिमेन्ट उत्पादन थालेसँगै बजारमा दैनिक ६ हजार टन सिमेन्ट थपिनेछ ।

अघिल्लो बर्ष होङ्सीले नेपालमा उद्योग खोल्न लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौता अनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेको छ ।

उद्योगबाट पहिलो चरणमा दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको छ । तर, पूर्ण क्षमता १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको उद्योगले जानकारी दिएको छ ।

सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट वा ब्राण्डको नाम ‘होङ्सी’ राखिएको छ । हाल व्यवसायीक उत्पादन सुरु भएको र केही समयभित्रै बजारमा आउने कम्पनीले जानकारी दिएको छ । उद्योगमा करीब १ हजार कामदार कार्यरत छन ।

कारखाना पूर्णरुपमा सञ्चालनमा आएपछि दैनिक १ हजार नेपाली र ४ सय भन्दा बढी चिनियाँ कामदारले समेत रोजगारी पाउने कम्पनीको कम्पनीको दाबी छ ।

कारखानाले सिमेन्ट उत्पादनमा प्रयोग हुने ऊर्जा प्रयोग गरेर थप १२ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसमेत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL