Logo

लक्जरी रिसोर्टसहित ५ परियोजना सम्भाव्यता अध्ययन सरकारले नै गर्ने, अरुण तेस्रोको पुन थपियो म्याद

लक्जरी रिसोर्टसहित ५ परियोजना सम्भाव्यता अध्ययन सरकारले नै गर्ने, अरुण तेस्रोको पुन थपियो म्याद



काठमाडौं । सरकारले रिसोर्ट, शिशा उद्योग लगायत विभिन्न ५ वटा परियोजना आफैले सम्भाव्यता अध्ययन गर्ने छ । शनिवार बसेको लगानी बोर्डको बैंठकले विभिन्न ५ वटा परियोजना सरकारले आफ्नै स्रोतबाट सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो ।

बोर्डको निर्णय अनुसार शिशा उद्योग, से—फोक्सुण्डो लक्जरी रिसोर्ट, एकिकृत कृषि परियोजना, स्की रिसोर्ट र स्वास्थ्य, शिक्षा तथा खेलकुल परियोजना सरकारको स्रोतबाट सम्भाव्यता अध्ययनका लागि स्वीकृति प्रदान गरेको हो । सो बैंठकले उक्त आयोजनाको इओआई सम्बन्धी कागजात स्वीकृति गरेको हो । लगानी भित्र्याउनका लागि सरकारसँग तयारी अवस्थामा रहेका आयोजनाहरु नभईरहेको अवस्थामा सरकारले आयोजनाहरुको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो ।

यसैगरी बोर्ड बैंडकले अरुण तेस्रो जलविद्युत आयोजनको लागि वित्तीय व्यवस्थापनको म्याद समेत थप गरेको छ । पटक पटक म्याद थप्दै आएको बोर्डले यस पटक पुनः असोज १२ गतेसम्मका लागि म्याद थप गरेको छ । उक्त आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी एसजेविएनले वित्तीय व्यवस्थापन गर्न नसेकपछि बोर्डले पुनः म्याद थप गरेको हो ।

यस्तै सोही बैठकले मुक्तिनाथ केवलकार आयोजनाको विस्तृत अध्ययन गर्न स्वीकृति प्रदान गरेको छ । विरेठाँटीदेखि मुक्तिनाथसम्मको उक्त आयोजनाको आफ्नै खर्चमा विस्तृत अध्ययन गर्न मुक्तिनाथ दर्शन प्रालिलाई स्वीकृति प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL