Logo

मदिरामा विहारी प्रभाव, इट्टाको उत्पादन दोब्बरले बढ्दा मदिरा उत्पादन ४५ प्रतिशतले बढ्यो

मदिरामा विहारी प्रभाव, इट्टाको उत्पादन दोब्बरले बढ्दा मदिरा उत्पादन ४५ प्रतिशतले बढ्यो



काठमाडौं । देशमा पुनर्निर्माणकार्यसँगै इट्टाको उत्पादन करिब दोब्बरले बढेको छ । केन्द्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार चालू आर्थिक बर्षमा इट्टा उत्पादन ८४ प्रतिशतले बढेको छ ।

भुकम्पपछिको पुनर्निमाणसँगै देशमा इट्टा उत्पादनहुने क्रम बढेको हो । पुनर्निर्माण प्राधिकरणका अनुसार पनि चालू आर्थिक बर्षका भुकम्पले भत्किएका निजी आवास निर्माणले तीब्रता पाएको छ । पुनर्निर्माण र पछिल्लो समय नयाँ उद्योग तथा जलविद्युत लगायतका अयोजनाहरु बन्ने क्रमसँगै इट्टाको उत्पादन तथा खपत बढेको भक्तपुर इट्टा तथा टायल उद्योगका संचालक तथा नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । ‘पहिला ढुङ्गा प्रयोग हुने ठाउँमा त्यसलाई इट्टाले प्रतिस्थापन गरेको छ भने नयाँ संरचना बन्ने क्रम पनि त्यतिकै बढेको छ,’ उनले भने, ‘जसले गर्दा नयाँ इट्टा उद्योग थपिने तथा इट्टा उत्पादन हुने क्रम बढेको हो ।’

यसैगरी पछिल्लो समय मदिरा उत्पादन पनि ह्वात्तै बढेको छ । चालू आबको गत आबको तुलनामा मदिरा उत्पादन ४५ प्रतिशतले बढेको तथ्याङ्क विभागका निर्देशक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए । चालू आबमा मदिरा लगायत लुब्रिकेन्ट, बनस्पती ध्यु, प्लाईउड, ह्युम पाइप, पशु आहार लगायतका उत्पादनमा उच्च बृद्धि भएको छ । जसमा लुब्रिकेन्ट ७६ प्रतिशतले बढ्दा बनस्पती ध्यु ६०, प्लाईउड ४३, ह्युम पाईप ४१ दशमव ५ र पशु आहार ३६ प्रतिशतले बढेको भण्डारीले जानकारी दिए ।

सरकारले मादक प्रदार्थ सेवन गरी सवारीसाधन संचालनमा रोक लगाएको केही समय मदिरा बिक्री तथा उत्पादन घटेपनि पछिल्लो समय ह्वात्तै बढ्न पुगेको तथ्याङ्कले देखाएको छ । पछिलल्लो समय गैर कानुनी रुपमा उत्पादित मदिरा बन्द भएसँगै उद्योगबाट उत्पादन हुने मदिराको हिस्सा बढेको नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रबी केसीले जानकारी दिए । साथै देशमा मदिरा उद्योग थपिने क्रम बढेकाले पनि उत्पादनमा बृद्धि भएको उनको तर्क छ । विशेषगरी पछिल्लो समय ह्वीस्कीभन्दा पनि वियर उत्पादन बृद्धि बढि रहेको उनले जानकारी दिए ।

यसैगरी पछिल्लो समय भारत सरकारले विहारमा मदिरा उत्पादन तथा बिक्री वितरणमा रोक लगाएसँगै नेपाली सिमानाकाबाट सो क्षेत्रमा जाने क्रम बढेको एक मदिरा उद्योगीले जानकारी दिए । ‘बिहारमा मदिरा उत्पादनमा रोक लगाएसँगै नेपाली सिमा नाकाबाट बाहिरीने क्रम बढेको छ,’ ती उद्योगीले भने, ‘जसका कारण नेपाली उद्योगहरुको उत्पादन बढ्न पुगेको छ ।’ अहिले भारतको विहार र नेपालको सिमानाकामा नेपाली मदिराको प्रभाव बढि रहेको ती उद्योगीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL