Logo

वातवरण विपरीत काम गर्ने ५ उद्योगलाई कारवाही (सुची सहित)

वातवरण विपरीत काम गर्ने ५ उद्योगलाई कारवाही (सुची सहित)



काठमाडौँ । वातावरण विभाग, कुपण्डोलले वातावरण विपरीत काम गर्ने पाँच उद्योगलाई कारवाही गरेको छ ।

उद्योगले समुदायमा प्रदूषण फैलाएको भन्दै विभागले कारवाही गरेको हो ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७४÷७५ को चैत महिनासम्म अरनिको आँबुखैरेनी सिमेन्ट इन्डष्ट्रिज प्रालि, कमला रोलिङ मिल्स, काठमाडौँ दुग्ध वितरण आयोजना बालाजु, हारती एग्रिगेट इन्डष्ट्रिज, र विष्णु टेक्सटाइल प्रोसेसिङ इन्डष्ट्रिज गरी ५ उद्योगलाई कारवाही गरेको जानकारी दिएको छ ।

प्रदेशगत रुपमा प्रदेश नं १ मा १२, प्रदेश नं २ मा १४, प्रदेश नं ३ मा ११, प्रदेश नं ४ मा १२, प्रदेश नं ५ मा २० र प्रदेश नं ७ मा १ गरी जम्मा ७० वटा उद्योग तथा औद्योगिक उद्योग प्रतिष्ठानको अनुगमन गरेको विभागले जनाएको छ ।

आव २०७२÷७३ मा सबैभन्दा बढी उद्योग (हालसम्मको कारवाहीको ७५ प्रतिशत) कारवाहीमा परेका थिए भने आव २०७३÷७४ मा ९.३८ प्रतिशत र यस आवमा १५.६३ प्रतिशत उद्योग प्रतिष्ठान कारवाहीमा परेका छन ।रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL