Logo

१२६ खानीलाई उत्खनन अनुमति, सवै भन्दा बढी चुनढुङगा

१२६ खानीलाई उत्खनन अनुमति, सवै भन्दा बढी चुनढुङगा



काठमाडौं । खानी तथा भूगर्भ विभागले १२६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ ।

विभागको अनुसार चालू आर्थिक वर्षको ८ महिनामा मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृत प्रदान गरेको हो ।

मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रका रुपमा मानिने खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुङा खानी रहेको छ । विभागले ४९ चुनढुङा खानीलाई उत्खननका लागि अनुमति दिइएको जनाएको छ ।

अनुमति प्रदान गरिएका खानिहरुमा टुर्मालिन टल्क १४, कोइला १४, टुर्मालिन १२, क्वार्ज चार, काइनाइट ८, मार्वल ३, रातोमाटो ३, फलाम २, जिंक १, क्वार्जजाइट १०, म्याग्नेसाइट १, डोलोमाइट १ र क्याल्साइट १ लगायतका रहेका छन ।

खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले चुनढङगा उत्खननका लागि धेरै आवेदन परेको र सोहीअनुसार उत्खननका लागि अनुमति प्रदान गरेको बताएका छन ।

नयाँ संरचना निर्माणका लागि सिमेन्टको अत्याधिक माग भइरहेको अवस्थामा सिमेन्टमा चाहिने महत्वपूर्ण कच्चा पदार्थ चुनढुङगाको उत्खनन बढेको प्रमुख घिमिरेले बताएका छन ।

विभागले उत्खनन अनुमतिपत्र प्राप्त गरेका पाँच कम्पनीलाई उत्खनन कार्य समयमा शुरु नगरेको भन्दै रद्द गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL