Logo

नेपालको जलविद्युतमा लगानी गर्न चिनिया उद्यमीलाई आग्रह

नेपालको जलविद्युतमा लगानी गर्न चिनिया उद्यमीलाई आग्रह


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बेइजिङस्थित नेपाली राजदूतावासले शुक्रबार नेपालमा जलविद्युत् आयोजनामा लगानीका अवसर विषयक कार्यशाला आयोजना गरेको छ ।

उक्त कार्यशालामा चीनका लगानीकर्ता र नेपालका जलविद्युत् उत्पादक कम्पनी तथा चिनियाँ सञ्चारकर्मी लगायत दुवै देशका उच्च सरकारी अधिकारीको सहभागिता रहेको थियो ।

सो कार्यशालामा चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले तीनवटै तहका निर्वाचन सम्पन्न भएपछि नेपालमा राजनीतिक स्थायित्व र सुशासनको युग प्रारम्भ भएको बताउँदै ढुक्क भएर लगानी गर्न चिनियाँ उद्यमीहरुलाई आग्रह गरेका छन ।
नेपाल सरकारले उद्योग र लगानी मैत्री नीति अवलम्बन गरेको जानकारी दिँदै उनले नेपालका उपलब्ध अवसरको भरपूर उपयोग गर्न आग्रह गरेको बेइजिङस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

कार्यशालामा जलविद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीलाई सुदृढ तुल्याउन भएका कानुनी व्यवस्था, लगानीको स्वरुप, स्रोत र साधनको परिचालन, लगानीका प्रक्रियागत एवं कानुनी प्रावधानबारे विस्तृतरुपमा जानकारी दिइएको थियो ।

कार्यशालामा नियोग उपप्रमुख सुशीलकुमार लम्सालले नेपालका जलविद्युत् परियोजना आकर्षक एवं लाभदायी क्षेत्रकारुपमा रहेको जानकारी दिँदै चिनियाँ लगानी प्रवद्र्धनमा राजदूतावासले सहजकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL