Logo

नेपालमा शुरु भयो प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन

नेपालमा शुरु भयो प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन


बिजखबर संवाददाता
0
Shares

झापा । नेपालमा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन शुरु भएको छ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन शुरु गरिएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले मङ्गलबार प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालेको हो । पाइरोलाइसिस नामक यन्त्रबाट प्लाष्टिकलाई पेट्रोलियम पदार्थमा रुपान्तरण गरिएको थियो । नाष्टका इन्जिनियर डा. रवीन्द्रप्रसाद ढकालले एक किलोग्राम प्लाष्टिकबाट ६ सय देखि ७ सय मिलिलिटर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताए । ‘यसलाई वर्गीकरण गरेर ६० प्रतिशत डिजल तथा २०÷२० पेट्रोल र मट्टीतेल छुट्याउन सकिन्छ’, उनले भने, ‘नत्र सबै डिजल मात्र पनि बनाउन सकिन्छ ।’

उनले कार्यपत्र प्रस्तुत गर्दै प्लाष्टिकलाई नवीकरण गर्न सकिने र नसकिने वर्गीरण गरेर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताए । नवीकरण हुने प्लाष्टिकलाई पुनःनवीकरण गर्ने र नवीकरण नहुने प्लाष्टिकलाई पेट्रोलियम पदार्थ उत्पादन गर्न सुझाव दिए । यसअघि नाष्टले ३५ नगरपालिकामा सो प्रविधि प्रयोग गरेर देखाइसकेको छ ।

ढकालका अहिले विश्वका ६५ मुलुकमा सो प्रविधि लागू भइसकेको छ । स्थानीय तहमा सो प्रविधि लागू गर्न ४० देखि ५० लाख रुपैयाँ पर्ने यन्त्र आवश्यक पर्ने छ । झापामा फालिएको प्लाष्टिकजन्य फोहरबाट दैनिक २१ हजार लिटरभन्दा बढी उत्पादन गर्न सकिने नाष्टले जानकारी दिएको छ ।
नाष्टका उपकुलपति प्राडा जीवराज पोखरेलले जापानी संस्थासँगको सहकार्यमा नेपालमा सो प्रविधि भित्रेयाइएको र यसबाट मुलुक समृद्ध बनाउन योगदान पुग्ने बताए । कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्लाष्टिकजन्य फोहरलाई नगरपालिकाले अवसरका रुपमा लिने बताए ।

कार्यक्रममा सांसद एलपी साँवा लिम्बू र प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो प्रविधि स्थानीय तहमा प्रयोग गर्न सके फोहर व्यवस्थापनमा ठूलो टेवा पुग्नाका साथै पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने बताए / रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL