Logo

१०२ मेवा बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति, २० अर्ब ३८ करोड ल्याउन अनुमति

१०२ मेवा बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति, २० अर्ब ३८ करोड ल्याउन अनुमति


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । उद्योग मन्त्रालयले चिनियाँ कम्पनीलाई रसुवा जिल्लामा जलविद्युत उत्पादनका लागि स्वीकृति प्रदान गरेको छ ।

औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा सोमबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४ औँ बैठकले चीनको हाइड्रो चाइना कर्पोरेशनलाई १ सय २ मेगावाटको जलविद्युत आयोजना निर्माणका लािग स्वीकृति प्रदान गरेको हो ।

सो आयोजनाका लागि मन्त्रालयले २० अर्ब ३८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ३ को उपदफा ३ अनुसार साविक रसुवाको स्याफ्रु, गुल्जुङ र गेल्टाङ गाविसमा पर्ने त्रिशूलीमा जलविद्युत् उत्पादनका लागि विदेशी लगानी माग भएकामा उक्त कंपनीको प्रस्ताब स्वीकृत गरिएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिए/रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL