Logo

मेलम्ची सुरुङ २० दिनमा ब्रेक थ्रु, दैनिक १२ मिटर खनिदै

मेलम्ची सुरुङ २० दिनमा ब्रेक थ्रु, दैनिक १२ मिटर खनिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेलम्ची खानेपानी अबको २० दिनमा ब्रेक थ्रु (छिचोलिने ) काम सम्पन्न हुनेछ ।

सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको नौ किलोमिटरमा आजसम्म २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ । अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको छ ।

अम्वाथानदेखि ग्यालथुसम्म करिब नौ किमी र सुन्दरीजलदेखि सिन्धुसम्म करिब नौ किमी सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । सो आयोजनाको कूल सुरुङ मार्ग २७।५ किलोमिटर रहेको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १०औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले सो जानकारी दिए । अबको २० दिनमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण थ्रेक थ्रु हुने बताए ।

सो आयोजनाबाट उपत्यकामा दैनिक रुपमा १७ करोड लिटर पानी झरे पनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुनेछ । उनले खानेपानी तथा सरसफाइ जनताको मौलिक अधिकारका रुपमा संविधानमा रहेको चर्चा गर्दै यसलाई पूरा गर्न लिमिटेडले ध्यान दिनुपर्ने बताए ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुर रज्जाकले उपत्यकावासीका घरमा खानेपानीको धारा छ, पानी छैन यस्तो अवस्थालाई अन्त्य गर्न मेलम्ची खानेपानी आयोजना पूरा गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

सो अवसरमा लिमिटेडमा कार्यरत उत्कृष्ट मिटर रिडर अमृतमणि दाहाल, मदन महर्जन र सन्तोष ओझालाई सम्मान गरिएको थियो । लिमिटेडका महाप्रबन्धक डा महेश भट्टराईले लिमिटेडको व्यवस्थापकीय क्षमता अभिवृद्धिमा ध्यान दिइएको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL