Logo

११९ उद्योगको म्याद थप, जलस्रोत उद्योगलाई राहत

११९ उद्योगको म्याद थप, जलस्रोत उद्योगलाई राहत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग विभागले दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका १ सय १९ उद्योगलाई म्याद थप गरेको छ । विभागले औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ५२ अनुसार उद्योग दर्ता प्रमाणपत्रको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई ३ महिनाका लागि म्याद थप गरेको हो ।

असोज ३० देखि पुस ३० गतेसम्म म्याद थप गरिएकोमा उक्त समयसीमा भित्र १ सय १९ उद्योग दर्ता भएको विभागले जनाएको छ ।
विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले तोकिएको समयभित्र उत्पादन गर्न नसकेका उद्योगलाई एक पटकका लागि बाधा अड्काउ फुकाउन उक्त व्यवस्था गरिएको हो । जस अन्तरगत हालसम्म १ सय १९ उद्योगले म्याद थप गरेको र ३०/३५ उद्योग म्याद थप प्रक्रियामा रहेको जानकारी दिए । म्याद थप भएका उद्योगमध्ये अधिकांश जलविद्युत् क्षेत्रका छन् ।

विभागले म्याद थपका लागि दिएको समयावधिसम्म आवेदन नगर्ने उद्योगको औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ८ को उपदफा ९५० बमोजिम स्वतः रद्द गरिने जनाएको छ ।

विभागमा विदेशी लगानीका साना, मझौला र ठूला गरी हालसम्म ७ हजार २ सय ६० उद्योग दर्ता भएका छन् । तीमध्ये ठूला ९ सय ८४, मझौला १ हजार ६ सय २ र साना ४ हजार ६ सय ७४ उद्योग दर्ता भएको विभागले जानकारी दिएको छ ।

विभागले १० करोडभन्दा कम लगानी भएका उद्योगलाई साना, १० करोड रुपैयाँदेखि २५ करोडसम्म लगानी भएका उद्योगलाई मझौला र २५ करोड रुपैयाँभन्दा धेरै पूँजी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा विभागले दर्ता गर्दै आएको छ ।

स्वदेशी लगानीका साना उद्योगको दर्ता भने साना तथा घरेलु उद्योग विभाग र साना तथा घरेलु विकास समितिअन्तर्गत रहेका जिल्ला कार्यालयले गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL