Logo

‘टेक अर पे’मा विद्युत खरिदको बाटो खुल्यो, थप २१ सय मेवाले पाउने

‘टेक अर पे’मा विद्युत खरिदको बाटो खुल्यो, थप २१ सय मेवाले पाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ऊर्जा मन्त्रालयले ‘टेक अर पे’मा विद्युत खरिद सम्झौता (पिपिए) का लागि बाटो खुला गरेको छ । उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापाले मन्त्री स्तरीय निर्णय गर्दै थप विद्युत टेक अर पेमा खरिद गर्न बोटो खुला गरिदिएका हुन् ।

यस अघि टेक अर पेमा विद्युत खरिदको कोटा सकिएको भन्दै नेपाल विद्युत प्राधिकरणले बन्द गरेको थियो । तर, ऊर्जा मन्त्रालयले भने सरकारले अबको ७ बर्षमा १७ हजार मेगावाट विद्युत पुर्याउने लक्ष्य लिएको र सोही अनुरुप रन अफ रिभरको समिश्रणको प्रतिशतलाई आधार मानेर टेक अर पे को पिपिए गर्न बाटो खुला गरिएको जानकारी दिएको छ ।

यस अघि प्राधिकरणले १० हजार मेवालाई आधार मानेर त्यसको ३० प्रतिशत विद्युत टेक अर पे मा खरिद सम्झौता भइसकेको भन्दै बन्द गरेको थियो । अबका दिनमा १७ हजार मेवालाई आधार मानेर थप २ हजार १ सय मेवा विजुली टेक अर पेमा खरिद गर्न बाटो खुलेको हो ।

ऊर्जा मन्त्रालयले टेक अर पेका लागि बाटो खुला गर्नु अत्यन्त राम्रो कदम भएको ऊर्जा उत्पादकहरुले बताएका छन् । सरकारको टेक अर पेको नीतिले गर्दा ऊर्जा उत्पादकहरुलाई थप हौसला प्रदान गरेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईँले बताए । ‘राष्ट्रिय ऊर्जा संकट निवारण आयोजनामा रहेको इनर्जी मिक्समा आरोआरको प्रतिशतलाई मध्यनजर गरी टेक अर पेमा विद्युत खरिद सम्झौता गर्ने निर्णय स्वागत योग्य छ,’ उनले भने, ‘विद्युत विकासमा नेपाल सरकारले देखाएको सकारात्मक कदमको स्वागत गर्दछौं ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL