Logo

लगानी सम्मेलनको ८ महिना : उत्साह धेरै उपलब्धि शुन्य

लगानी सम्मेलनको ८ महिना : उत्साह धेरै उपलब्धि शुन्य


बिजखबर संवाददाता
0
Shares

काडमाडौं । गत फागुनमा भएको ‘नेपाल लगानी सम्मेलन’ मार्फत देशमा १३ अर्ब ५२ करोड अमेरिकी डलर अर्थात १४ खर्ब ६० अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । कृषि देखि उद्योगकलकारखाना तथा जलविद्युत क्षेत्रमा विभिन्न विदेशी १६ वटा कम्पनीले नेपालमा लगानी गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

फागुन १९ र २० गते भएको लगानी सम्मेलनमार्फत नेपालमा पहिलो पटक ठूलो मात्रामा विदेशी लगानीको प्रतिवद्धता आएर देशले आर्थिक विकासको फड्को मार्ने आशा गरेपनि हालसम्म कुनै पनि कार्यान्वयनमा आउन सकेको छैन ।

लगानी सम्मेलन मुख्य कमिटिका संयोजक तथा तत्कालिन उद्योग मन्त्री नविन्द्रराज जोशीले सम्मेलनमार्फत भनेका थिए ‘नेपाल अब आर्थिक विकासको पथमा अघि बढ्यो कसैले रोकेर रोकिन्न ।’ साथै
सम्मेलनमार्फत नेपालले आसा गरेभन्दा एकदमै ठूलो लगानी भित्रिएको र यसलाई कार्यान्वयनमा ल्याउन नेपाल सरकार लाग्नुपर्ने समेत उनको भनाइ थियो ।

तर विडम्वना नै भन्नु पर्छ लगानी सम्मेलनमार्फत प्रतिवद्धता आएको रकम मध्ये कुनै पनि रकम ल्याउन सरकारले पहल गरेको छैन भने प्रतिवद्धता जनाउने लगानीकर्ताले पनि चासो देखाएका छैनन् । लगानी सम्मेलनमार्फत प्रतिवद्धता जनाउने विदेशी लगानीकर्ताहरुले त्यसपश्चात नेपालमा लगानी गर्न चासो नै नदेखाएको सम्बद्ध स्रोतले बताएको छ ।

त्यतिवेला सबैभन्दा बढी चिनियाँ कम्पनी नेपालमा लगानी गर्न चासो देखाएका थिए । चिनियाँ कम्पनीले जलविद्युत, अस्पताल र काठमाडौं मेट्रो रेल, विमानस्थल, हाइवे र सुरुङ निर्माणमा तथा जलविद्युतमा लगानी गर्न प्रतिवद्धता जाहेर गरेको थियो । यसैगरी जापान तथा वेलायतका कम्पनीले पनि उर्जा, पूर्वाधार विकास तथा खाद्यान्न उद्योगमा लगानी गर्न प्रतिवद्धता जनाएको थियो भने भारतीय कम्पनीले भने बैंक, सोलार तथा स्टिलमा लगानी गर्ने बताएको थियो ।

तर कार्यान्वयनमा ल्याउने सरकारी निकाय भने विदेशी लगानीकर्ताले इच्छा देखाए अनुरुपको नेपाल सरकारसँग आयोजना नभएको र त्यसको छनौटका लागि नै समय लाग्ने बताउँदै आएको छ । लगानी सम्मेलनमार्फत ठूला आयोजनाका लागि लगानीको प्रतिवद्धता आएको र त्यस्ता आयोजना तयार नै नभएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी बताउँछन् ।
सम्मेलनमार्फत भएको लगानी प्रतिवद्धतालाई भित्र्उनका लागि नेपाल सरकारले पनि सोही अनुरुप पहल गर्न नसकेको उनको भनाइ छ । तर, त्यस्ता लगानी ल्याउन क्षेत्रगत कमिटि बनाएर छलफल अघि बढाइएको उनको तर्क छ । ‘सम्मेलनमार्फत दिर्घकालिन र ठूला आयोजनामा प्रतिबद्धता भित्रिएको हुँदा त्यसलाई कार्यान्वयमा ल्याउन पनि लामै समय लाग्ने छ,’ उनले भने, ‘त्यतिवेला भएको प्रतिवद्धता मध्ये रसायनिक मल उत्पादनको लागि भने केही काम अघि बढेको छ ।’

लगानी बोर्डले त्यतिवेला प्रतिवद्धता आएको मध्ये फुड प्रोसेसिङ, मेट्रो रेल, दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि भने काम अघि बढाउने सम्बद्ध लगानीकर्तालाई पत्राचार गरेकोे थियो । तर, सम्बन्धित लगानीकर्ताबाट कुनै जवाफ नभएको समेत अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL