Logo

प्रशारणलाईन निर्माणमा अमेरिकाको ५० करोड डलर अनुदान, अर्थमन्त्री कार्कीले हस्ताक्षर गर्दै

प्रशारणलाईन निर्माणमा अमेरिकाको ५० करोड डलर अनुदान, अर्थमन्त्री कार्कीले हस्ताक्षर गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अमेरिकाले नेपाललाई ५० करोड डलर बराबरको अनुदान सहयोग दिने भएको छ । विद्युत प्रशारणलाई निर्माणका लागि अमेरिकाले नेपाललाई उक्त सहयोग प्रदान गर्न लागेको हो ।

अमेरिकी विदेश मन्त्रालयको ‘ट्रीटी कक्ष’ मा हुन लागेको उक्त सम्झौतामा नेपालको तर्फबाट अर्थमंत्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले जानकारी दिए । ‘अमेरिकाले नेपाललाई पहिलो पटक ठूलो परिणामा अनुदान उपलब्ध गराएको छ,’ उनले भने, ‘उक्त सहयोगले नेपालको आर्थिक विकासमा थप टेवा पुग्नेछ ।’

अमेरिकाले नेपालाई यस अघि धेरै सहुलियतपूर्ण ऋण उपलब्ध गराएपनि ५० करोड अमेरिकी डलर अनुदान उपलब्ध गराएको यो पहिलो पटक हो । सो अनुदान विद्युत उत्पादनमा खर्च गरिने छ । जसबाट ३०० कि.मी. उच्च भोल्टेजको विद्युत वितरण लाइन बनाइने भएको छ । विद्युत प्रशारण लाईनको समस्या भोग्दै आएको नेपालाई उक्त अनुदानले अबका दिनमा ठूलो राहत मिल्ने छ ।

सन् २०१५ को शुरुवातमा तत्कालिन अर्थ मन्त्री डा. रामशरण महतले अघि बढाएको सो आयोजनाले साढे २ बर्ष पछि सार्थकता पाएको छ । उक्त अनुदानले आगामी ५ बर्षभित्र ३ सय किमी प्रशारण लाईन निर्माण गरिने लक्ष्य लिइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL