Logo

माथिल्लो त्रिशुली थ्री बीको ‘पीपीए’ सम्पन्न, नबिल बैंकको नेतृत्वमा वित्तीय ब्यवस्थापन

माथिल्लो त्रिशुली थ्री बीको ‘पीपीए’ सम्पन्न, नबिल बैंकको नेतृत्वमा वित्तीय ब्यवस्थापन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ । आज एक कार्यक्रमबीच नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको सो आयोजनाको पीपीए भएको हो ।

उक्त पीपीएमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रवद्र्धक कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्राधिकरणले वर्षायाम प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा प्रति युनिट ८ रुपैयाँ ४० पैसामा विद्युत खरिद गर्नेछ । सम्झौता अनुसार आयोजनाबाट सुख्खायाममा ( मंसिर १६ देखि जेष्ठ १५सम्म) उत्पादन हुने १३४.८८ गिगावाट घण्टा र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म) उत्पादन हुने १५७.७१ गिगावाट घण्टा विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ ।

सम्झौता कार्यक्रमममा कम्पनीका प्रबन्ध संचालक गौतमले आगामी पुसबाट आयोजना निर्माण शुरु गर्ने लक्ष्य लिइएको जानकारी दिए । हाल आयोजना निर्माणका लागि निर्माण ब्यवसायी छनोटको काम भइरहेको छ ।

आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०/३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीयको वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।

नुवाकोट र रसुवामा निर्माण हुने आयोजनामा प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिसुली त्रिशुली थ्री क्यास्केड आयोजना हो ।

आयोजनाको वित्तीय व्यवस्थापनका लागि नविल बैकको नेतृत्वमा सहवित्तीयकरण मार्फत लगानी गर्न प्रारम्भिक सम्झौता गौतमतले बताए । साथै सहवित्तीयकरणमा जलविद्युत लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष र नेपाल बैक रहने समेत उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL