Logo

७५ जलविद्युत आयोजना सम्मानित हुँदै, निजी क्षेत्रका परे ५८ आयोजना

७५ जलविद्युत आयोजना सम्मानित हुँदै, निजी क्षेत्रका परे ५८ आयोजना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिद्युत विकास विभागले विभिन्न ७५ वटा जलविद्युत आयोजनालाई सम्मान गर्ने भएको छ । विभागले आफ्नो स्थापना दिवसको अवसरमा जलविद्युत् क्षेत्रमा निरन्तर क्रियाशील हुँदै आएका सरकारी तथा निजी क्षेत्रका प्रवद्र्धकलाई सम्मान गर्न लागेको हो ।

विभागले पहिलो पटक निजी तथा सरकारी क्षेत्रका आयोजनालाई सम्मान गर्न लागेको हो । जसमा सरकारी स्तरका १७ र निजी क्षेत्रमा निर्मित ५८ आयोजनालाई सम्मान गर्न लागिएको विभागले जानकारी दिएको छ । आइतबार नै विभागले विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाउँदैछ ।

विभागले ऊर्जा क्षेत्रमा लगानी गर्ने प्रवद्र्धकलाई अनुमतिपत्र दिने, अध्ययनमा सहयोग गर्ने र सबै नीतिगत काम गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL