Logo

जेसीबीको आधिकारीक आटलेट बनेपामा, एकै ठाउँमा बिक्रि र स्पेयरको सुविधा

जेसीबीको आधिकारीक आटलेट बनेपामा, एकै ठाउँमा बिक्रि र स्पेयरको सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जेसीबी उपकरणको नेपालस्थित आधिकारीक विक्रेता अर्थमुभर्स प्रालिले काभ्रेको बनेपामा पहिलो आधिकारीक रिटेल आउटलेट(एआरओ) सञ्चालनमा ल्याएको छ । आटटेलटमा ग्राहकले बिक्रि पछिको सेवा र स्पयेरको सुविधा पाउने कम्पनीले जनाएको छ ।

काभ्रेसहित यस आसपासका सिन्धुपाल्चोक, रामेछाप र दोलाखमा जेसीबी मेसिनको माग बढेसँगै बनेपामा आधिकारीक आउटलेट सञ्चालनमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।

आउटेलेटको काभे्र उद्योग वाणिज्य सङ्घका सदस्यहरु सुकृष्ण वैद्य र दिल सुन्दर श्रेष्ठले उद्घाटन गरेका थिए । कम्पनीले भविष्यमा दोलखा, लहान, गल्छी र हेटौंमा पनि यस्तो आउटेलेट सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL