Logo

विद्युत उत्पादनमा ६२ अर्ब ४७ करोड विनियोजन, कर्मचारीको लगानीमा ५ सय मेवा उत्पादन

विद्युत उत्पादनमा ६२ अर्ब ४७ करोड विनियोजन, कर्मचारीको लगानीमा ५ सय मेवा उत्पादन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले बजेटको ठूलो हिस्सा विद्युत उत्पादनको लागि छुट्याएको छ । आगामी आर्थिक बर्षमा विद्युत उत्पादनका लागि ६२ अर्ब ४७ करोड रुपैयाँ छुट्याएको छ ।

स्वेदशमा विद्युत उत्पादन बढाई उपभोगमा प्रोत्साहन गरी पेट्रोलियम पदार्थको आयातलाई निरुत्साहित गर्न विद्युतमा बढी रकम विनियोजन गरेको बताएको छ । साथै, निजामति कर्मचारी सेना, प्रहरी र शसस्त्र प्रहरीको लगानीमा ५ सय मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य लिएको छ ।

सरकारले स्वदेशी लगानीलाई प्रोत्साहित गर्न नयाँ विद्युत खरिद दर लागू गर्ने योजना बनाएको छ भने विद्युत उत्पादन बढाउन पम्प स्टोरेजमा आधारित आयोजनाको अध्ययन गरी पिपिपि मोडेलमा प्रसारणलाइन बनाउने भएको छ । यसैगरी, माथिल्लो तामाकोशीलाई आगामी आवभित्र संचालनमा ल्याउने भएको छ भने चमेलिया र कुलेखानी तेस्रो आयोजनलाई पनि आगामी बर्षमै सक्ने योजना बजेटले लिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL